बीपीबारे माओवादीमा परिपत्र

बीपीबारे माओवादीमा परिपत्र


आफ्नो प्रधान शत्रु काङ्ग्रेसलाई मान्दै आएको एकीकृत माओवादीले काङ्ग्रेस संस्थापक नेता स्वर्गीय बीपी कोइरालाको सिद्धान्तलाई भने आत्मसात् गर्दै अघि बढिरहेको खुलासा भएको छ । माओवादीले राज्यसमिति, जिल्ला समिति तथा क्षेत्रीय समितिमार्फत आमकार्यकर्तालाई बीपीको सिद्धान्त र उनको विचारलाई अध्ययन गरी अघि बढ्न आन्तरिक परिपत्र नै जारी गरेको छ ।
परिपत्रमा बीपीको सिद्धान्तबारे ठोस निर्णय गर्न आगामी विस्तारित बैठकमा समेत गम्भीर छलफलको विषय बनाउने स्रोतले जनाएको छ । परिपत्रमा भनिएको छ, ‘माओवादीले बीपीले लिएको सिद्धान्तहरू धेरै मिल्दाजुल्दा छन्, तिनहरूको अध्ययन र प्रतिपादनले समाजको परिवर्तनमा महत्त्वपूर्ण सहयोग पुग्छ ।’ माओवादीले राज्यसमितिमा हालै जारी गरेको गोप्य परिपत्रमा राजतन्त्रको अन्त्यसँगै विकसित राजनीतिक घटनाक्रमबाट प्रधान अन्तरविरोधको स्थितिमा परिवर्तन आएको र त्यसअनुसार राष्ट्रियता र जनवादसँग सम्बन्धित अर्थात् बाह्य र आन्तरिक अन्तरविरोध एक-अर्कामा घुलमिल भएर गएको निष्कर्ष निकाल्दै परिपत्रमा पोलिटब्युरोलेे अगाडि सारेको यसप्रकारको प्रस्तावलाई पार्टीमा छलफल चलाई केन्द्रीय समितिको आगामी कात्तिकमा हुने विस्तारित बैठकबाट अन्तिम टुङ्गो लगाइने पनि उल्लेख गरेको छ । स्रँेतका अनुसार माओवादीले विस्तारित बैठकलाई नै लक्ष्ँित गरी बीपीको सिद्धान्त अध्ययन गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएको हो । स्मरणीय छ, काङ्ग्रेस स्वयम्ले चाहिँ बीपीको विचार क्रमशः परित्याग गर्दै गएको छ । बीपीका विचार छोडेकै कारण अर्का संस्थापक नेता कृष्णप्रसाद भट्टर्राईले काङ्ग्रेसलाई नक्कली संस्थाको संज्ञा दिनुभएको छ ।
परिपत्रमा मालेमासम्बन्धी विचारधारात्मक धरातललाई उन्नत गर्न पार्टी पङ्क्तिमा अध्ययन र बहसको प्रक्रियालाई व्यवस्थित गर्ने प्रतिबद्धता पनि जनाएको छ । पार्टीको कार्यदिशा पूरा गर्न सडक र सदनका मोर्चाबाट गरिने सङ्घर्षलाई प्रभावकारी बनाउने, कुनै पनि हालतमा पार्टीको नेतृत्वमा राष्ट्रिय संयुक्त सरकार गठन गर्ने र यसका लागि सदन र सडकको सङ्घर्षलाई निरन्तरता दिने उल्लेख छ । स्रोतका अनुसार त्यसअघि बसेको बैठकले तत्काल पार्टीको नेतृत्वमा सरकार बन्ने सम्भावना नरहेकोले विद्रोह गर्नुपर्ने अवस्था आउन लागेको र त्यसका लागि आन्तरिक तयारी गर्न भन्दै परिपत्र जारी गरेको थियो । उसले दलहरूसँग जस्तोसुकै छलफल र सहमति गरे पनि पार्टीको मूल कार्यदिशामा कत्ति पनि विचलन नआएकाले सोहीअनुसार भूमिका निर्वाह गरिरहन निर्देशन दिँदै माओवादीले परिपत्रमा आफ्नो मूल लक्ष्य कुनै पनि अवस्थामा सत्तँ कब्जा गर्नु रहेकोले आफूहरू लक्ष्यको नजिक पुगेको उल्लेख गरेका थिए ।

-ग) देशमा निरङ्कुश सामन्ती राजतन्त्रको अन्त्यसँगै विकसित भइरहेको राजनीतिक घटनाक्रमबाट प्रधान अन्तरविरोधको स्थितिमा परिवर्तन आएको र त्यसअनुसार राष्ट्रियता र जनवादसँग सम्बन्धित अर्थात् बाह्य र आन्तरिक अन्तरविरोध एक-अर्कामा घुलमिल भएर गएको निष्कर्ष बैठकले निकालेको छ । साथै यस विषयमा थप अध्ययन-अनुसन्धान गर्न आवश्यक ठान्दै विभिन्न विचार र सिद्धान्त अध्ययन-अनुसन्धान गर्ने क्रममा बपीको सिद्धान्त र विचारलाई अध्ययन गर्ने तथा बैठकको प्रस्तावलाई पार्टीमा छलफल चलाई केन्द्रीय समितिको आगामी असोजमा सम्पन्न हुने विस्तारित बैठकबाट अन्तिम टुङ्गो लगाउने निर्णयसमेत दिइएको छ । -जारी परिपत्रको सम्बन्धित अंश)

आखिर राणाकै जित
लामो समयपछि नेपाल ओलम्पिक कमिटीको विवाद टुङ्गो लागेको छ । सम्मानित सर्वोच्च अदालतले विवादित राष्ट्रिय सङ्घहरू समेटेर गठन गरिएको धु्रवबहादुर प्रधान अध्यक्ष रहेको ओलम्पिक कमिटीलाई अवैधानिक भएको फैसला सुनाएको छ । स्मरण छ, प्रधान अध्यक्ष रहेको एनओसीको निर्वाचनलाई चार वर्षअघि नै सर्वोच्चले अवैधानिक ठहर गर्दै अन्तरिम आदेश जारी गरेको थियो । सोही कुरालाई दोहोर्‍याउँदै गत सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय खिलराज रेग्मी र प्रकाश वस्तीको संयुक्त इजलासले रुक्मशमशेर राणा अध्यक्ष रहेको पुरानै ओलम्पिक कमिटीलाई वैधानिक मान्यता दिएको हो । सर्वोच्चको फैसलापश्चात् नेपाली खेलकुदमा पुनः दुईवटा ओलम्पिक कमिटी अस्तित्वमा देखिएका छन् । जसले गर्दा फेरि राष्ट्रिय मान्यता र अन्तर्राष्ट्रिय मान्यताको प्रश्न उठेको छ । अन्तर्राष्ट्रिय शक्तिका कारण प्रधानको ओलम्पिक कमिटी आफूलाई वैध मान्दै आएको परिप्रेक्ष्यमा सर्वोच्चको फैसला ठाडै लागू हुने देखिँदैन । अर्को कुरा प्रधानले निर्वाचन प्रक्रियालाई वैधानिकता दिने अधिकार अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र ओलम्पिक काउन्सिल अफ एसियाको मात्रै भएको दाबी गर्दै सर्वोच्चलाई चुनौती दिएका छन् । डलर र विदेश भ्रमणमा रमाउने बानी परिसकेका बताइने प्रधानले सर्वोच्चको फैसलाको अपहेलना गर्नुले खेलकुद क्षेत्र पुनः विवादमा होमिने पक्का भएको छ । यसको प्रभाव सन्निकट आएको १६औं एसियाली खेलकुदमा पनि पर्ने आशङ्का बढेको छ ।
सर्वोच्चको फैसलाको स्वागत गर्दै रुक्मशमशेर राणा अध्यक्ष रहेको एनओसीका पदाधिकारी प्रसन्नमान श्रेष्ठले ढिलो भए पनि सर्वोच्चको फैसला दुरुस्त आएको बताएका छन् । श्रेष्ठले प्रधानको ओलम्पिक कमिटी अवैधानिक भएको प्रस्ट पार्दै राणाको ओलम्पिक कमिटीले आईओसीबाट मान्यता पाउने दाबी गरेका छन् । श्रेष्ठले प्रधानको ओलम्पिक कमिटीलाई सरकारी हस्तक्षेपबाट अवैधानिक घोषणा नगरिएको स्मरण गराउँदै यो सर्वोच्च अदालतको फैसला हो भनेका छन् । तर्सथ मुलुकको कानुन मँन्ने व्यक्तिले सर्वोच्चको आदेशलाई शिरोपर गर्दै बाटो खुला गरिदिन प्रधानलाई अनुरोधसमेत गरेका छन् ।

पूर्वराजाद्वारा सवालाख बत्ती बालिने
पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र अर्को एक धार्मिक कार्यमा सरिक हुनुहुने भएको छ । प्राप्त जानकारीअनुसार उहाँ आगामी शनिबार -असोज २३ गते) ललितपुरस्थित बंगलामुखी माईको मन्दिरमा बत्ती बाल्नका लागि जान लाग्नुभएको हो । उक्त मन्दिरमा सवालाख दीप प्रज्ज्वलन गर्नका निम्ति उहाँ बिहान एघार बजे त्यहाँ पग्नुहुने समाचारमा जनाइएको छ । सवालाख दीप प्रज्ज्वलन गरिसकेपछि पूर्वराजा सोझै आफ्नो निवासस्थान फिर्नुहुने बताइएको छ । यसअघि इन्द्रजाज्ञाको अघिल्लो दिन काठमाडौं हनुमानढोकास्थित कुमारीघरमा कुमारीको दर्शनका लागि जान लाग्नुभएका उहाँलाई सरकारले सशस्त्र प्रहरी खटाएर रोक लगाएको थियो । सरकारले कुमारी दर्शनमा रोक लगाएपछि स्वयम् कुमारीहरू नै उहाँको निवासस्थान निर्मल निवासमा दर्शनका निम्ति पुगेका थिए । सम्मानित नागरिकको जीवन अभ्यास गरिरहनुभएका पूर्वराजा पछिल्लो कालखण्डमा धार्मिक क्रियाकलापमा सरिक हुँदै आउनुभएको छ । उहाँको धार्मिक क्रियाकलापलाई प्रधानमन्त्री माधव नेपाल र उहाँको सरकारले गणतन्त्रका निम्ति खतरा भएको ठानेको छ । तर, राजाले मन्दिर दर्शन गर्दा गणतन्त्रमा कसरी खतरा पैदा हुन्छ भन्नेबारेमा भने सरकारले स्पष्ट गरेको छैन । अब बंगलामुखी मन्दिरमा दीप प्रज्ज्वलन गर्ने कार्यलाई सरकारले कुन रूपमा लिने हो बुझन सकिएको छैन । तर, यस्ता कार्यमा रोक लगाउँदा पूर्वराजाप्रति नै सहानुभूति बढ्न सक्ने सम्भावना देखिएको छ ।

प्रचण्ड असफल
छैटौं विस्तारित बैठकको मिति जति नजिकिँदै छ, त्यति नै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बैठकमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनको चटारोले सताउन थालेको छ । आगामी कात्तिक १२ देखि गोर्खामा हुने विस्तारित बैठकमा पार्टी केन्द्रको तर्फबाट एउटै प्रतिवेदन प्रस्तुत गर्ने भनिए पनि उपाध्यक्षद्वय मोहन वैद्य र बाबुराम भट्टर्राईले असहमति जनाएपछि उहाँको ‘निदहराम’ भएको स्रँेतको दाबी छ ।
बैठकमा फरक/फरक प्रतिवेदन प्रस्तुत हुँुदा पार्टी नेतृत्वमा स्पष्ट विभाजन भएको सङ्केत तल्लो तहमा जाने भन्दै तीनवटै प्रतिवेदनलाई एउटै बनाउनुपर्ने बताउँदै आउनुभएको थियो । उहँँले तीनैजनाको सहभागिता र सहमतिमा तीनैवटा प्रतिवेदनको भावना बोक्ने संयुक्त प्रतिवेदन तयार गर्ने प्रस्ताव अघि सार्नुभएको थियो । तर, उपाध्यक्ष वैद्यले खरिपाटीको भेलामा आफ्नो प्रतिवेदनको मर्म र भावना नसमेटिएको भन्दै संयुक्त प्रतिवेदन तयार गर्न नमानेको स्रोतको दाबी छ । वैद्यनिकट एक पोलिटब्युरो सदस्यका अनुसार वैद्य विगतमा जस्तो टालटुले प्रस्ताव र प्रतिवेदन नआओस् भन्ने पक्षमा भएकोले प्रचण्डको प्रस्तावप्रति उनले असहमति जनाएका हुन् । वैद्यले विस्तारित बैठकबाटै आफ्नो प्रतिवेदनको टुङ्गो लगाउने पक्षमा हुनुहुन्छ । तर, अध्यक्ष प्रचण्डले यसअघि बैठकमा एउटै प्रतिवेदन पेस गर्ने र त्यसमा असहमति भए फरक मत राख्न पाइने सहमति भएको बताउँदै आएका थिए । वैद्यले आफ्ना प्रतिवेदन जिल्ला तथा राज्यसमितिको बैठकहरूमा राखे पनि कार्यकर्ता तथा सदस्यहरूले
बुझ्न कठिन भएको भन्दै यसलाई विस्तारित बैठकमै राख्न दबाब दिएपछि प्रचण्डको एउटै प्रतिवेदन बनाउने योजनामा ठेस लागेको हो ।
तर, आफूलाई कुनै अप्ठ्यारो पर्नेबित्तिकै विदेश यात्रामा निस्केर पार्टी र मुलुकको राजनीतिमा बाहिरबाट दबाब दिन लगाएरै भए पनि आफ्नो निर्णय पारित गर्न लगाउने चतुर अध्यक्ष प्रचण्ड पार्टीको अँन्तरिक र बाह्य तनाव छल्न गत शुक्रबार मलेसिया पुग्नुभएको थियो । उहाँ हिजो -मंगलबार) नेपाल फर्किनुभएको छ । एसिया पब्लिक एक्सचेन्ज को-अपरेसन फाउन्डेनको गोष्ठीमा सहभागी हुने बहानामा विदेश विभाग प्रमुख कृष्णबहादुर महारालाई साथ लिएर मलेसिया हानिनुभएका प्रचण्डले चीन तथा भारतका महत्त्वपूर्ण नेताहरूसँग भेट गरेको स्रोत बताउँछ । प्रचण्डले यसअघि पनि महरालाई साथ लिएर बेइजिङ तथा सिंगापुर पुगी चीन तथा भारतका महत्त्वपूर्ण अधिकारीहरूसँग भेट गर्दै आउनुभएको थियो । प्रचण्ड र महराको मलेसिया भ्रमणलाई कतिपयले अत्यन्त रहस्यमयी मानेका छन् । सांसद खरिदका लागि भन्दै चिनियाँ अधिकारीसँग रु. पचास करोड माग गरिएको टेपरेकर्डमा चिनियाँ अधिकारीले रकम लिन हङकङ बोलाउँदा महराले सिंगापुरतिर आउन सकिने बताएका छन् । यतिबेला महरासहित प्रचण्ड मलेसिया पुग्नुलाई सोही टेपरेकर्डमा उल्लेख भएबमोजिमको रकम लिने सन्दर्भसँग जोड्न थालिएको छ । तर, प्रचण्डले चिनियाँद्वारा उपलब्ध गराइएको रकम भने नेपालमा लिएर नआउनुभएको, मलेसियाकै बैंकमा जम्मा गरिएको बताइन्छ ।

माओवादीमा उजुरी
दस वर्षसम्म सशस्त्र युद्व गरी शान्तिप्रक्रियामा आएको एकीकृत नेकपा माओवादीभित्र राजावादी र मण्डलेहरूको लर्को लाग्न थालेपछि पार्टी हेडक्वाटरमा उजुरीको सङ्ख्या पनि त्यत्तिकै बढ्न थालेको छ । यसै हप्ता मात्र राधाकृष्ण मैनाली माओवादीमा प्रवेश गरेपछि उजुरीको सङ्ख्या झन् बढेको स्रोतको भनाइ छ । मैनालीले कतै माओवादी पार्टीको नेतृत्व नै लिने पो हुन् कि भन्ने त्रासले पार्टी नेतृत्वविरुद्ध लक्षित ती उजुरीहरूमा लामो सङ्घर्ष र त्यागबाट आएकालाई बेवास्ता गर्दै अवसरवादी र मण्डलेहरूलाई काखी च्यापेको आरोप लगाइएको छ । पार्टीलाई अवसरवादीहरूको अखडा बनाउन खोजिएको, प्रतिगामीसँग अङ्कमाल गर्दै हिँडेकोलगायतका आरोप लगाउँदै पार्टी नेतृत्वले मण्डले र राजावादीलाई खोजी-खोजी पार्टी प्रवेश गराउँदा सहिदको रगत र पसिना खेर जाने खतरा रहेको भन्दै चिन्ता प्रकट गरेका छन् ।
क्रान्तिको मूल स्पिरिट र युद्धकालीन अवस्थामा तिनै राजावादीहरूबाट आफ्ना नेता तथा कार्यकर्ताले भोगिरहेका पीडा र घाउमा नुनचुक र्छकर्ंदै नेतृत्वले कलङ्कित र आपराधिक अनुहारका व्यक्तिलाई माओवादीमा भित्र्याएको आरोप उजुरीपत्रमार्फत लगाइएको छ । ठूलो बलिदानी, त्याग र लामो सङ्घर्षबाट स्थापित पार्टीलाई मण्डले र राजादावीहरूको अखडास्थल बनाउन खोजिएको भन्दै उजुरीमा माओवादीका सच्चा नेता तथा कार्यकर्ता त्यस्ता कार्य स्वीकार्न बाध्य नहुनेसम्मको चेतावनी दिइएको स्रोतको दाबी छ । ‘जनयुद्ध र जनआन्दोलनमा घाइते भएकाहरू अझै उपचार नपाएर छटपटाइरहेका छन्, बेपत्ता बनाइएकाहरूको खोजीमा आफन्तहरू अझै भांैतारिइरहेका छन् । तर, नेतृत्वले त्यस कार्यमा प्रमुख दोषीलाई अबिर-माला लगाएर पार्टी प्रवेश गराइरहेको छ, यो सच्चा माओवादीलाई स्वीकार्य हुँदैन,’ उजुरीमा उल्लेख रहेको स्रोत बताउँछ ।
निजी स्वार्थ सिद्ध गर्न राजावादीहरू माओवादीमा प्रवेश गरेको पनि उजुरीमा उल्लेख छ । झापाका राजेन्द्र फुँयालले पार्टी केन्द्रीय कार्यालयमा दिएको उजुरीमा त भविष्यमा तिनै नवप्रवेशीहरूले पार्टीको अस्तित्व समाप्त पार्ने खतरा नै औंल्याएका छन् । माओवादी केन्द्रीय कार्यालयका एक अधिकारीका अनुसार उजुरीमा पार्टी प्रवेश र एकताका नाममा अवसरवादीहरूलाई प्रवेश गर्राई सीधै नेतृत्वमा पुर्‍याएपछि पार्टीको हरेक योजनाहरू विफल भएको दाबी गरेका छन् । युद्धकालमा सफल हुने माओवादी नीति शान्तिपूर्ण राजनीतिमा आएपछि किन विफल हुन्छन् -, कुनै निर्णय हुनु अगावै पार्टीभित्र आन्तरिक बहसको विषयहरू कसरी बाहिर पुग्छ?लगायतका दर्जनभन्दा बढी प्रश्न फुँयालले उजुरीपत्रमार्फत पार्टी नेतृत्वसँग सोधेका छन् । ‘माओवादी आंशिक सुधारिएको राजावादी पार्टी बन्ने निश्चित छ,’ उजुरीमा भनिएको छ । सच्चा भनिएका कम्युनिस्टहरू पनि बिग्रि्रदै गएर पछि राजावादी भएको इतिहासले पुष्टि गरेको प्रसङ्ग उल्लेख गर्दै उजुरीपत्रहरूमा पार्टीले त्यही नियति भोग्न नपरोस् भनिएको स्रोत बताउँछ ।
त्यसो त माओवादी उपाध्यक्षद्वय मोहन वैद्य र बाबुराम भट्टर्राईले केन्द्रीय समितिमा प्रस्तुत गरेको फरक राजनीतिक प्रतिवेदनमा पनि पार्टीभित्र अवसरवादीहरू प्रवेश गरेको, अवसरवादीहरू नै हावी हुँदै गएको र उनीहरू नै स्थापित हुन खोजेको, पूर्णकालीन कार्यकर्ता पलायन हुँदै गएको तथा गैरपूर्णकालीन कार्यकर्तालाई प्रोत्साहन गर्ने काम भएकोजस्ता आरोप लगाइएको छ । यसरी उजुरी दिए पनि एकताकाका लोकप्रिय नेता मैनालीले माओवादीमा प्रवेशपछि तत्कालीन राजा ज्ञोन्द्रको कदमलाई र्समर्थन गर्नु आफ्नो राजनीतिक भूल भएको भन्दै क्षमायाचना गरेका थिए । मैनालीले शाही सरकारको सदस्य बन्नु आफ्नो जीवनकै गम्भीर र सबैभन्दा ठूलो भूल भएकाले आगामी दिनमा त्यस्तो भूल नगर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
लामो समयसम्म एमालेमा रहेर राजनीति गर्दै आएका मैनाली पञ्चायतकालमा झापा विद्रोहका नाइके हुन् । ०५४ सालमा एमाले विभाजन भएपछि उनी मालेतिर लागेका थिए । पछि उनकै पहलमा एमाले-मालेबीच एकीकरण भएको थियो । जनकपुरमा भएको एमालेको सातौँ महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भएका मैनालीलाई स्थायी समितिमा मनोनीत गर्न माधवकुमार नेपालले बेवास्ता गरेपछि उनी राजाको नजिक पुगेका हुन् ।
देशभक्त र सम्पूर्ण राष्ट्रवादी शक्ति मिलेर जनविद्रोह गर्ने बताउँदै आएको माओवादीले मैनालीको पार्टी प्रवेशलाई राष्ट्रिय स्वाधीनता र परिवर्तनका निम्ति विशिष्ट रहेको संज्ञा दिएको छ । उसले मैनालीको प्रवेशलाई रोल्पा विद्रोह र झापा विद्रोह मिलनको संज्ञा पनि दिएको छ । माओवादीमा यसअघि शाहीमन्त्री हरिशंकर परियार, पूर्वराजपरिषद् सदस्य उत्तम परियार, पूर्वअञ्चालाधीश र्सर्ूयबहादुर सेन ओली, राजावादी कलाकार नीर शाहलगायतले प्रवेश गरिसकेका छन् ।

कोइरालाको अर्को कष्ट
नेपाली काङ्ग्रेसमा मनोनयनद्वारा पर्ूर्ति गरिने उपसभापति र महामन्त्री पदमा तत्काल कसैको चयन हुनसक्ने सम्भावना घटेको छ । ती पदका लागि योग्य र उपयुक्त व्यक्तिहरूको सङ्ख्या कम भए पनि दाबी गर्नेहरूको सङ्ख्या ज्यादा भएका कारण सभापति सुशील कोइरालाका निम्ति पदाधिकारी चयन महामुस्किलको विषय हुने देखिएको छ । कसलाई चयन गर्ने भन्दा पनि कसरी सन्तुलन मिलाउने भन्ने प्रश्न अहम् भएकोले पनि कोइरालालाई कठिनाइ पैदा भएको हो । चुनावमा पराजित पक्षले पदाधिकारीमा दाबी नगरिदिए हुन्थ्यो भन्ने इच्छा विजयी पक्षमा रहेको देखिन्छ भने पराजित पक्षचाहिँ महामन्त्री या उपसभापतिमध्ये एउटा पनि जिम्मेवारी नदिए कुनै न कुनै रूपले ‘विद्रोह गर्ने’ मानसिकतामा रहेको देखिन्छ । दुईमध्ये एक पद प्राप्त नभएमा देउवाबाट सभापति कोइरालालाई सहयोग नहुने निश्चित मान्न सकिन्छ । उपसभापति या महामन्त्रीका निम्ति केबी गुरुङ, अर्जुननरसिंह केसी, खुमबहादुर खड्का, डा. रामशरण महत, सुजाता कोइराला र गोपालमान श्रेष्ठको नाम अग्रपङ्क्तिमा छ । त्यसो त झापाका कृष्ण सिटौला पनि महमन्त्री पड्काउन अनेक तिकडममा लागेको बताइन्छ । सिटौला विदेशी शक्ति प्रयोग गरेर भए पनि महामन्त्री पद हात पारिछाड्ने योजनामा रहेको सम्बद्ध सूत्रको दाबी छ ।
उपभासपति र महामन्त्री दुईमध्ये एक पद आफूहरूलाई दिए मात्र पार्टीभित्रको सन्तुलन बन्ने दाबी देउवा पक्षको रहेको छ । तर, सभापति कोइराला निर्वाचन परिणामको सबैले सम्मान गर्नुपर्छ भन्ने धारणा राख्नुहुन्छ । कोइरालाको अभिव्यक्ति पराजित व्यक्तिहरूतर्फ लक्षित हो या पराजित पक्षतर्फ भन्ने स्पष्ट हुन सकेको छैन, तर उहाँको भनाइले देउवालाई सम्भवतः निरास तुल्याएको छ । उपसभापतिका निम्ति धेरैले रामचन्द्र पौडेललाई उपयुक्त ठानेका छन्, तर नेतृ सुजाता कोइराला पौडेल या कसैलाई उक्त जिम्मेवारी छोड्ने पक्षमा हुनुहुन्न । महामन्त्रीमा उम्मेदवारी दिने तयारीमा रहनुभएकी कोइराला आफूलाई उपसभापति बनाइदिनुपर्ने र्सत राख्दै पछि हट्नुभएको थियो । अहिले उक्त पदका लागि उहाँ नै सबभन्दा चर्को दाबेदार बन्नुभएको छ । उहाँलाई उपसभापति बनाउन कार्यसमितिमा प्रस्ताव नलगिए कार्यसमिति बैठकमै कुनै पनि अप्रिय स्थिति उत्पन्न हुनसक्ने सम्भावना देखिन्छ । उपसभापति या महमन्त्री दुईमध्ये एक पद नपाए सुजाता कोइरालाले के सम्म गर्नुहोला अहिले काङ्ग्रेसभित्र यसै विषयमा गम्भीरतापूर्वक लेखाजोखा हुँदै छ । अर्जुननरसिंह केसी महामन्त्री या उपसभापतिका अर्का बलिया दाबेदार मानिनुहुन्छ । केसी योग्यता र क्षमताले दुवै पदका निम्ति योग्य भए पनि सुजाता कोइरालाले उहाँको बाटो छेक्न सक्ने अनुमान गरिँदै छ ।
अर्जुन र सुजातालाई महामन्त्री र उपसभापति बनाउँदा कोइराला क्याम्पभित्रै तीव्र असन्तुष्टि पैदा गर्न सक्ने सम्भावना छ । रामचन्द्र पौडेल, डा. रामशरण महत, केबी गुरुङ आदिलाई पदाधिकारीबाहिर राखेर सभापति कोइरालाले सुजाता कोइराला र अर्जुननरसिंह केसीलाई मात्र जिम्मेवारी दिँदा त्यसको सन्देश सुखद् हुन नसक्ने ठानिन्छ । सुजाता कोइरालाको जिद्दीका अगाडि कसैको केही लाग्ने नदेखिएको हुँदा महामन्त्री या उपसभापतिमध्ये एउटा पदचाहिँ कोइरालालाई प्राप्त हुने अनुमान धेरैको छ । तर, सभापतिको एकल इच्छाले मात्र नियुक्ति हुन नसक्ने भएकोले यस सम्बन्धमा कार्यसमितिमा निकै ठूलो हलचलको स्थिति पैदा हुनसक्ने देखिएको छ । डा. रामशरण महत योग्यता, क्षमता र लगानीका दृष्टिले पदाधिकारी बन्न उपयुक्त मानिनुहुन्छ । तर, महतलाई मनोनीत गरेर सुजाता र अर्जुननरसिंह केसीलाई बाहिर राख्न सभापति कोइरालाले कसरी सक्नुहोला यो जिज्ञासाको विषय बनेको छ । सुशील कोइरालाजस्ता सभापतिका निम्ति खुमबहादुर खड्काजस्ता जुझारु नेता महामन्त्रीमा रहनु उपयुक्त मानिन्छ, तर खड्काका निम्ति न देउवा जोडबल लगाउने पक्षमा हुनुहुन्छ न सुशील कोइराला नै सकारात्मक हुनुहुन्छ । उमेर र अवस्थाले वरिष्ठ र जनजाति समुदायका भएकोले कतिपयले केबी गुरुङलाई महामन्त्री या उपसभापति बनाउन सभापतिलाई सुझाएका छन् । तर, आन्तरिक तनावको स्थिति हर्ेदा गुरुङलाई पुनः महामन्त्री या उपसभापति बनाइन सक्ने सम्भावना देखिँदैन । उता बाह्य हस्तक्षेप गराएर भए पनि झापाका सिटौला महामन्त्री बन्न कसरतरत देखिनुहुन्छ । आफूलाई महामन्त्रीमा र्समर्थन प्राप्त गर्न सिटौलाले उपसभापतिमा सुजाता कोइरालालाई भित्रभित्रै उचाल्ने गर्नुभएको बताइन्छ । सुजातालाई उपसभापति बनाउन पाए आफू महमन्त्री बन्न पाइने आशा सिटौलाले राख्नुभएको छ । माओवादीसँग विशेष निकटको मानिने झापाका सिटौला महमन्त्री र सुजाता कोइराला उपसभापति बन्नुभएमा काङ्ग्रेसको भविष्य कस्तो होला यतिबेला धेरैको चिन्ता र चासोको विषय बनेको छ । देउवाको टिमबाट चुनाव लड्ने कसैलाई पनि पदाधिकारी नबनाइने, अर्जुनलाई बनाउँदा सुजाता र रामशरण रिसाउने, रामशरणलाई बनाउँदा अर्जुन र अरूहरू असन्तुष्ट बन्ने, रामचन्द्र पौडेललाई रोक्न सुजाता अग्रसर रहने, सुजातालाई हुन नदिन सबै सक्रिय हुने, केबी गुरुङको बल नपुग्ने यस्तो स्थितिमा सभापति सुशील कोइरालाले पदाधिकारीहरूको चयन कसरी गर्नुहोला गम्भीर प्रतीक्षाको विषय बनेको छ । तर, यो प्रतीक्षा निकै लामो भयो भने पनि कुनै आर्श्चर्य हुने छैन ।

झलनाथलाई झट्का
माओवादीको र्समर्थन लिएर प्रधानमन्त्री बन्ने सपना सजाइरहनु भएका एमाले अध्यक्ष झलनाथ खनाललाई माओवादी नेताहरूको कुराले गम्भीर झट्का दिएको छ । मंगलबार -१९ असोज) काङ्ग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आयोजित तीन दलका शीर्ष नेताहरूको बैठकमा खनाल स्तब्ध हुनुपर्ने अभिव्यक्ति माओवादी नेताहरूबाट प्रकट भएको हो । प्रधानमन्त्रीका उम्मेदवार एवम् काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलद्वारा आयोजित सो बैठकमा काङ्ग्रेसले आफ्नो धारणाहरू प्रस्तुत गरिसकेपछि झलनाथ खनालले एउटा सन्दर्भमा हतियारसहितको माओवादी नेतृत्वमा सहमतिको सरकार गठन हुन नसक्ने बताउनुभएको थियो । खनालको अभिव्यक्ति सुनेर क्रुद्धझैं बन्नुभएका माओवादी अध्यक्ष प्रचण्डले ‘माओवादी नेतृत्वलाई निषेध गर्ने कुरामा हामी किन सामेल हुने -‘ भन्ने प्रश्न गर्दै कामचलाउ सरकारले प्रस्तुत गर्ने बजेट आफूहरूलाई मान्य नहुने स्पष्ट गर्नुभयो । प्रचण्डले झलनाथलाई सम्बोधन गर्दै भन्नुभयो- ‘तपाईंहरूले रामचन्द्र पौडेलजीलाई भोट हालेर प्रधानमन्त्री बनाए भइहाल्यो नि, त्यहि सरकारले बजेट पेश गर्छ ।’ प्रचण्ड यसरी कडि्कएपछि झनै ठूला क्रान्तिकारी नेता मोहन वैद्य पनि निकै कडि्कनु भयो । वैद्यले झलनाथ खनालतिर फर्किएर ‘एमाले र काङ्ग्रेस मिलेर सरकार बनाए हुन्छ, हामी विपक्षमा बस्छौं’ भन्नुभयो । माओवादी नेताका कुरा सुनेर झलनाथ खनाल स्तब्ध हुनुभएको छ । आफूलाई प्रधानमन्त्री बन्न माओवादीले सहयोग पुर्‍याउने कुरा वास्तविक होइन रहेछ भन्ने सम्भवतः खनालले यस बैठकमा प्रकट अभिव्यक्तिबाट बुझनुभएको छ ।
बैठकमा नेपाली काङ्ग्रेसका तर्फबाट रामचन्द्र पौडेल, अर्जुन नरसिंह केसी र विमलेन्द्र निधि, माओवादीका प्रचण्ड, मोहन वैद्य, रामचन्द्र थापा र नारायणकाजी श्रेष्ठ तथा एमालेका झलनाथ खनाल र विष्णु पौडेललगायतले सहभागिता जनाउनुभएको थियो ।

नेता पौडेलमाथि ँषड्यन्त्र’
नेपाली काङ्ग्रेसका नेता रामचन्द्र पौडेलको चरित्रहत्या गर्ने गम्भीर षड्यन्त्र भएको उहाँको निजी सचिवालयले जनाएको छ । गत १८ गते सोमबार प्रकाशित एक साप्ताहिक अखबारमा काङ्ग्रेस संसदीय दलका नेतासमेत रहनुभएका पौडेलको घर-सम्पत्तिबारे ‘पौडेलमाथि २० करोडको आरोप’ शीर्षकमा चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र ‘ग्लोबल टाइम्स’को हवाला दिएर समाचार प्रकाशित भएको थियो । ‘सो समाचार कुनै तथ्यसत्यमा आधारित नभएर नेता पौडेलको चरित्रहत्या गर्ने पराजित मानसिकताको उपज मात्र हो भनेर स्पष्ट गर्न चाहन्छौँ’, पौडेलको निजी सचिवालयबाट जारी विज्ञप्तिमा भनिएको छ, ‘समाचारमा उल्लेख भएअनुसारको न नेता पौडेलको न त नेता पौडेल सम्बन्धितको काठमाडौं लाजिम्पाटमा न त कुनै घर छ न नेता पौडेललेे घर सर्ने सोच र योजना नै बनाउनुभएको छ, बिलकुलै मनगढन्ते कुरा रचेर कथित तिब्बत आन्दोलनजस्तो कुनै सरोकार र सम्बन्ध नै नभएको कुरासँगसमेत जोडेर समाचार सम्प्रेषित गर्नु प्रायोजित र दुरासययुक्त भएको प्रस्ट देखिन्छ । यस्तो दुष्टतापूर्ण समाचारप्रति गम्भीर खेद प्रकट गर्दछौँ ।’

ँनूर-गंगा प्रतिभा पुरस्कार’बाट प्रतिभाहरू सम्मानित
नूर-गंगा प्रतिभा पुरस्कार गुठीले विभिन्न क्षेत्रका प्रतिभाहरूलाई सम्मान र पुरस्कार प्रदान गरेको छ । गत शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति वैरागी काइँलाको प्रमुख आतिथ्यमा आयोजित पुरस्कार तथा सम्मान र्समर्पण कार्यक्रमका बीच नूर-गंगा विशिष्ट प्रतिभा सम्मानबाट वैरागी काइँलालाई ताम्रपत्रका साथ सम्मानित गरियो भने ५१ हजार पुरस्कार राशिको नूर-गंगा बालसाहित्य राष्ट्रिय प्रतिभा पुरस्कार शान्तदास मानन्धरलाई प्रदान गरियो । यसैगरी २० हजार एक राशिको नूर-गंगा लुम्बिनी अञ्चलस्तरीय लोकगायन प्रतिभा पुरस्कार भरत देउरालीलाई, १० हजार एक राशिको नूर-गंगा लोकगायन राष्ट्रिय नवप्रतिभा पुरस्कार खुमन अधिकारीलाई, सोही राशिको नूर-गंगा लुम्बिनी अञ्चलस्तरीय नवप्रतिभा पुरस्कार दलबहादुर गुरुङलाई प्रदान गरियो भने जनही ५ हजार १ नगदसहितको पाल्पा जिल्लास्तरीय शैक्षिक प्रतिभा पुरस्कार-०६६ बाट सदीक्षा गौतम र रामप्रसाद सारु सम्मानित भए ।
नूर-गंगा प्रतिभा पुरस्कार गुठीका संरक्षक नूरप्रताप ज.ब.राणाले वि.सं. २०४९ मा पुरस्कारका लागि तीन लाख नगद राशिबाट सुरु गर्नुभएको गुठीको अक्षय कोषमा अहिले २० लाख सञ्चित भएको राणाले बताउनुभयो । गुठीले विशिष्टदेखि नवप्रतिभासम्मलाई पुरस्कार र सम्मान प्रदान गरी आ-आफ्ना क्षेत्रबाट मुलुकका लागि योगदान पुर्‍याउन प्रेरित गर्ने उद्देश्य बोकेको पनि संरक्षक राणाले जानकारी दिनुभयो ।
नूर-गंगा प्रतिभा पुरस्कार गुठीमा संरक्षक नूरप्रताप ज.ब.राणा, अध्यक्ष डा. चूडामणि बन्धु, उपाध्यक्ष शिवभक्त शर्मा र कोषाध्यक्ष अमीरप्रताप ज.ब.राणा रहनुभएको छ भने सदस्यहरूमा प्राध्यापक गोपीकृष्ण शर्मा, प्राध्यापक राजेन्द्र सुवेदी, डा. गोविन्द नेपाल, डा. भवेश्वर पँगेनी, श्रीमती जानुकी राणा, श्रीमती रक्षा पहाडी, श्रीमती विदुषी राणा र सदस्यसचिवमा यज्ञप्रसाद शर्मा रहनुभएको छ ।

स्रष्टाहरूलाई सम्मान र पुरस्कार
‘स्रष्टा सम्मान-राष्ट्र सम्मान’ भन्ने नारालाई आत्मसात् गर्दै आएको श्री लूनकरणदास-गंगादेवी चौधरी साहित्य-कला मन्दिरद्वारा विगत डेढ दशकदेखि वर्षोनी प्रदान गरिँदै आएका तीन सम्मान सरस्वती सम्मान, इतिहास शिरोमणि बाबुराम आचार्य शोध सम्मान र नारायणगोपाल सङ्गीत सम्मान क्रमशः प्रसिद्ध निबन्धकार तथा समालोचक स्व. कृष्णचन्द्रसिंह प्रधान -मरणेपरान्त), प्रसिद्ध वनस्पतिविद् प्रा. डा. दयानन्द बज्राचार्य र लोकसङ्गीतका अनुसन्धाता तथा लोकसङ्गीत-संस्कृतिविद् रामशरण दर्नाललाई प्रदान गरिएको छ भने २०६३ सालदेखि सुरु गरिएको नेपाल नवप्रतिभा पुरस्कारबाट प्रतिभाशाली युवा चिकित्सक तथा साहित्यकार डा. रवीन्द्र पाण्डे ‘समीर’ सम्मानित भएका छन् । उल्लेखित तीन पुरस्कारहरू प्रशस्ति-पत्रसहित ५१ हजार नगद राशिका हुन् भने नेपाल नवप्रतिभा पुरस्कारमा नगद २५ हजार र प्रशस्ति-पत्र रहेको छ ।
गत आइतबार आयोजित कार्यक्रममा मन्तव्य राख्दै साहित्य-कला मन्दिरका अध्यक्ष वसन्तकुमार चौधरीले स्रष्टाको सम्मान भन्नु नै उहाँहरूको जीवन्त सिर्जनाको सम्मान हो भन्ने आफूले बुझेको बताउँदै कुनै पनि स्रष्टालाई सम्मान गर्दा सिर्जना या योगदानसँग समाहित गरेर गर्ने गरेको उल्लेख गर्नुभयो । सोही कार्यक्रमबीच कवि दर्ुगालाल श्रेष्ठद्वारा रचित तथा साहित्य कला मन्दिरद्वारा प्रकाशित कवितासङ्ग्रह ‘सँघारैनेर’को विमोचन पनि प्रमुख अतिथि डा. तारानाथ शर्माद्वारा गरिएको थियो । कार्यक्रममा साहित्य-कला मन्दिरका संस्थापक संरक्षक लूनकरणदास चौधरीको शुभकामना सन्देश चौधरी फाउण्डेशनका कोषाध्यक्ष अरुणकुमार चौधरीले वाचन गरेर सुनाउनुभएको थियो ।

ओलीलाई दिउँसै बत्ती बाल्ने रहर
नेकपा एमालेका स्थायी कमिटी सदस्य केपी शर्मा ओलीले राष्ट्रिय सहमति गर्र्छौं भन्नेहरूलाई खोज्न दिउँसै बत्ती बालेर हिँड्नुपर्ने अवस्था आएको बताएका छन् । ‘प्रधानमन्त्री माधवकुमार नेपालले राजीनामा दिए, दुई दिनभित्र राष्ट्रिय सहमति बन्छ भन्नेहरू आज कता गए -‘, माओवादीप्रति कटाक्ष गर्दै नेता ओलीले भने, ‘त्यस्ता मान्छेहरू खोज्न दिउँसै बत्ती बालेर रत्नपार्क जान मन लागेको छ ।’
विजयादशमी, दीपावली तथा छठ पर्वको अवसर पारेर अनेरास्ववियु त्रिवि कमिटीले कर्ीर्तिपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा प्रमुख अतिथि बन्न पुगेका नेता ओलीले यस्तो बताएका हुन् । संविधानसभाको म्याद आफैंले गर्दा एक वर्ष थप गरिएको दाबी गर्दै उनले भने, ‘आफू गएरै आयु सकिन लागेको संविधानसभाको म्याद एक वर्ष थमाइदिएँ, अर्को जेठ १४ गते राति पनि साथीहरू हस्याङ्फस्याङ् गर्दै आए भने म जानेवाला छैन ।’ नेता ओलीले नेपाली सेनाको विषयमा पनि केही बोलेका थिए । आफू लोकतान्त्रिक बन्न नसकेका दलहरूले सेनाको लोकतान्त्रीकरणको कुरा गर्नु बेकार रहेको उनेको भनाइ थियो । आधुनिकीकरण, व्यावसायीकरण र पारदर्शिता सेनामा आवश्यक रहेकोमा नेता ओलीले जोड दिए ।
साकाहारी बन्न मासु खान छोडेजस्तै शान्तिका लागि हिंसा छोड्नुपर्ने तर्क गर्दै नेता उनले भने, ‘सजिलो छ, हिंसा गर्नेहरूले हिंसा छोडिदिए शान्ति हुन्छ ।’ अहिले नै अर्को सरकार बन्ने अवस्था नहेको भन्दै नेता ओलीले आफूहरूले राष्ट्रिय सहमतिको सरकारमै जोड दिएको बताएका छन् । सोही कार्यक्रममा सहभागी हास्यकलाकार तथा युवा सङ्घ नेपालका केन्द्रीय सदस्य नारद खतिवडाले केही व्यङ्गात्मक हँस्यौली प्रस्तुत गरेका थिए । ?फणीन्द्र संगम

ब्रिटिस राजदूतद्वारा मुस्लिमहरूसँग भेट
बेलायती राजदूत जन टक्नटले नेपालको मुस्लिम समुदायका प्रतिनिधिहरू, अधिकांश महिलासहितका लागि मंगलबार दिवाभोजको आयोजना गर्नुभयो । राजदूतले आफू मध्यपूर्वमा कार्यरत हुँदा विकसित इस्लामप्रतिको लामो समयदेखिको अभिरुचिबारे उल्लेख गर्दै इस्लाम शान्तिको धर्म भएको बताउनुभयो । मुस्लिम प्रतिनिधिहरू र राजदूतले मुस्लिम समुदायको सरोकार तथा आपसी हितका अन्य विषयबारे छलफल गर्नुभयो । राजदूतले मुस्लिम समुदायलाई नेपालका नागरिकको रूपमा उहाँहरूको प्रगतिको चाहनाप्रति प्रोत्साहन गर्नुभएको बेलायती राजदूतावासले जनाएको छ ।

ँगान्धीको जन्मदिन विश्व अहिंसा दिवससरह’
भारतीय दूतावासको सहयोगमा दूतावासस्थित केन्द्रीय विद्यालय परिसरमा गत शनिबार अन्तरविद्यालय वक्तृत्व कला तथा चित्रकला प्रतियोगिताको आयोजना भयो । महात्मा गान्धीको १४१औं जन्मजयन्तीका अवसरमा आयोजित सो प्रतियोगितामा उपत्यकाका विभिन्न १५ विद्यालयका छात्रछात्राले भाग लिएका थिए भने वादविवाद र प्रतियोगिताका लागि ‘उत्कृष्ट शिक्षा नै सफलताको सार हो’ र चित्रकलाका लागि ‘तिमीलाई केले खुसी प्रदान गर्छ -‘ विषय तोकिएको थियो ।
प्रतियोगितामा वादविवादको पक्षतर्फ क्रमशः अदिति अर्याल -चाँदवाग स्कुल), देवजित अड्डी -डीएभी स्कुल) र देवाशीश निरौला -मोडर्न इन्डियन स्कुल) ले प्रथम, द्वितीय र तृतीय पुरस्कार प्राप्त गरे भने विपक्षतर्फ बहस गरेर मोनिका निरौला -सेन्टमेरिज स्कुल), पर््रार्थना मुखर्जी -केन्द्रीय विद्यालय र नभिया काफ्ले -डीएभी स्कुल) ले क्रमशः पाँच हजार, तीन हजार, दुई हजार नगद राशिका पुरस्कार हात पारे । यसैगरी चित्रकला प्रतियोगितामा आलोक विद्याश्रमकी मेघा पात्रवंश, डीएभीका आकाशकुमार गिरी र सेन्टमेरिजकी सक्रियता कार्की क्रमशः पहिला, दोस्रा र तेस्रा भए ।
प्रतियोगिताका निर्णायकहरूमा वक्तृत्व कलातर्फ सुजीव शाक्य -बिडका कार्यकारी प्रमुख), सन्तोष शाह -आजका एसियाली युवाका अध्यक्ष) र जेनिशा मोक्तान -मिस नेपाल-२००९) थिए भने चित्रकलातर्फ सुजन चित्रकार -काठमाडौं युनिभर्सिटी), एरिना ताम्राकार -काष्ठमण्डप आर्ट स्टुडियो) र श्रीमती कर्चीदास गुप्ता हुनुहुन्थ्यो । विजेता छात्रछात्रालाई पुरस्कार वितरण गर्दै भारतीय राजदूत राकेश सुदले कल्पनाशीलता र रचनात्मकता बढाउन प्रेरित गर्नुभयो । गान्धीको जन्मदिवस पनि अन्तर्राष्ट्रिय अहिंसा दिवसजत्तिकै महत्त्वपूर्ण भएको प्रकाश पार्दै राजदूत सुदले सबैलाई बधाईका साथ सफलताको कामना गर्नुभयो ।

११औँ वर्ष अवसरमा माछापुच्छ्रेद्वारा रक्तदान
माछापुच्छ्रे बैंक लिमिटेड ११औँ वर्षमा प्रवेश गरेको छ । ११औँ वारि्षकोत्सवको उपलक्ष्यमा सामाजिक उत्तरदायित्व महसुस गर्दै लाजिम्पाटस्थित कर्पोरेट कार्यालय परिसरमा गत १७ गते बैंकले रक्तदान कार्यक्रम आयोजना गरेको र सोबाट सङ्कलित रगत अपेक्षित व्यक्तिहरूलाई उपलब्ध गराउन रक्तसञ्चार केन्द्रलाई हस्तान्तरण गरिने बैंकले जनाएको छ ।र्
पर्यटकीय नगरी पोखराबाट प्रथम क्षेत्रीयस्तरको वाणिज्य बैंकको रूपमा बैंकिङ कारोबार सुरु गरेको माछापुच्छ्रेले हाल नेपाल अधिराज्यभर छरिएर रहेका ३९ वटा शाखा तथा २४ सै घन्टा रकम झक्िन सकिने सुविधासमेतका आफ्ना ५१ वटा एटीएमको सञ्जाल विस्तार गरी करिब १ लाख ७५ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा उपलब्ध गर्राई एक सशक्त राष्ट्रियस्तरको वाणिज्य बैंकको रूपमा आफूलाई स्थापित गर्न सफल भएको छ ।

विभिन्न व्यक्तित्वहरू सम्मानित
लोकतान्त्रिक आन्दोलनलाई उचाइमा पुर्‍याउन पत्रकारिता क्षेत्रबाट खेलेको भूमिकाको सम्मान गर्दै पत्रकार ऋषि धमलालाई ‘शान्ति र विकासका लागि नागरिक आवाज’ले सम्मान गरेको छ । समाजमा लुकेका मुद्दाहरूलाई रिपोर्र्टर्स क्लबमार्फत राष्ट्रियकरण गरेर जनताको हित पर््रवर्द्धन गरेको, पछिल्लो समयमा मुलुकमा सहमति र सहकार्यको आवश्यकता रहेको बेला साक्षात्कार र विभिन्न सञ्चारमाध्यमहरूमा सामग्रीहरू प्रकाशित गरेर राष्ट्रका लागि योगदान गरेको भन्दै धमलालाई सम्मान गरेको सो संस्थाले जनाएको छ । सोही कार्यक्रममा उपराष्ट्रपति परमानन्द झाद्वारा अन्य व्यक्तित्वहरूसमेत सम्मानित भएका थिए । पर्यटन सचिव किशोर थापा, सशस्त्र प्रहरी महानिरीक्षक सनतकुमार बस्नेत, नेपाल क्रिकेट सङ्घका अध्यक्ष विनयराज पाण्डे, समाजसेवी सेननदोर्जे लामा, युवा उद्यमी एवम् समाजसेवी प्रदीपमान वैद्य, इन्जिनियर आरबी शाह, नेपाल बंगलादेश बैंकका कार्यकारी अधिकृत गोविन्दबाबु तिवारी र अरनिको यातायात सेवा समितिका अध्यक्ष केदार खत्रीलाई उपराष्ट्रपति झाले सम्मानित तुल्याउनुभएको थियो ।
यसको भोलिपल्टै पत्रकार धमलाले अर्को सम्मान थापे । पत्रकारिताको माध्यमबाट देश र जनताको हित पर््रवर्द्धन गरेको भन्दै एभरेस्ट फाउन्डेसन, करुणा आश्रम र नरध्वज सामाजिक प्रतिष्ठानले संयुक्त रूपमा नेपाल सम्मान २०६७ ले सम्मान गरेको हो । उहाँलाई उपप्रधान एवम् परराष्ट्रमन्त्री सुजाता कोइरालाले ताम्रपत्रका साथ खादा ओढाएर सम्मान गर्नुभएको थियो । उहाँसँगै राष्ट्रिय जीवनमा महत्त्वपूर्ण भूमिका खेल्ने इन्डियन आइडल प्रकाश तामाङ, नैनसिंह बाङदेन, अम्बर गुरुङ, तोलाराम दुगड, गीता रुचाल, नरेन्द्र भट्ट, शील पन्त, डोलबहादुर खड्का, विजय सम्बाहम्फे, विजयहरि शर्मा, माया डोल्मा, राजकुमार लिङदेन, सारदा चित्रकार र चूडामणि तिवारीलाई पनि सम्मान गरिएको थियो ।

नौ बालबालिकालाई नइ देरुनिखपु पुरस्कार
नइ प्रकाशनले विविध क्षेत्रमा समर्पित भई आआफ्नो ठाउँबाट प्रतिष्ठा आर्जन गर्ने नौजना बालबालिकालाई २०६७ सालको नइ देरुनिखपु पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । साहित्यतर्फ पवन भण्डारी, चित्रकलातर्फ श्रेया धिताल र गायनतर्फ राहुल भुजेललाई नइ देरुनिखपु बाल पुरस्कार प्रदान गरिने नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईंले जानकारी गराएका छन् । यसैगरी जनही दस हजार रुपैयाँको सो पुरस्कारबाट पुरस्कृत हुने अन्य प्रतिभाहरूमा नृत्यतर्फ प्रिशु शर्मा, खेलकुदतर्फ विश्वरूपा बुढा र बहुआयामिकतर्फ शिरीष गुरुङ छन् ।
यसैगरी जनही सात हजार रुपैयाँका नइ देरुनिखपु कोपिला पुरस्कार गायनमा जलज प्रजापति र नृत्यमा जोफेन लामालाई र पाँच हजार रुपैयाँ राशिको नइ देरुनिखपु चिचिला पुरस्कार गायिका अतिथि गौतम केसीलाई प्रदान गर्ने निर्णय भएको छ ।
नइ प्रकाशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईंको अध्यक्षतामा हालै बसेको नइ प्रकाशनको साधारणसभाले सो निर्णय गरेको हो । पुरस्कार संस्थापक खनुपरुदे ‘रामबाबु’लगायत सो सभामा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति बैरागी काइँला, उपकुलपति गङ्गाप्रसाद उप्रेती, लण्डन विश्वविद्यालयका प्राध्यापक डा. माइकल हट, चलचित्र अभिनेत्री मनीषा कोइराला, संस्कृतिविद् सत्यमोहन जोशी, साहित्यकार डा.मोदनाथ प्रश्रति र प्रा. राजेन्द्र सुवेदीको उपस्थिति थियो ।
नइ प्रकाशन र दाता खनुपरुदे ‘रामबाबु’का बुबा लप्टन देवीप्रसाद प्रसाईं, आमा रुद्रकुमारी, पत्नी नीलिम, दाता खनुपरुदे ‘रामबाबु’ र पत्नी पुनावतीका नाउँका अघिल्ला अक्षरहरू जोडेर यी पुरस्कारको स्थापना गरिएको हो भने नइ प्रकाशनले हरेक वर्ष एक्काइसवटा पुरस्कार प्रदान गर्छ । तीमध्ये दसदेखि पन्ध्र वर्षसम्मका ६ जनालाई नइ देरुनिखपु बाल पुरस्कार, पाँचदेखि दस वर्षसम्मका दुईजनालाई नइ देरुनिखपु कोपिला पुरस्कार र पाँच वर्षसम्मका एकजना प्रतिभालाई नइ देरुनिखपु चिचिला पुरस्कार प्रदान गरिन्छ ।
साधारणसभाकै अवसरमा खनुपरुदे ‘रामबाबु’ले नइ प्रकाशनको अक्षयकोषमा एक लाख एघार हजार रुपैयाँ थपिदिनुभएको र प्रा.डा.उषा ठाकुरले एकाउन्न हजार रुपैयाँ प्रदान गर्नुभएको बताइएको छ । खनुपरुदे ‘रामबाबु’ले नइ प्रकाशनलाई हालसम्म छयानब्बे लाख रुपैयाँ प्रदान गरिसक्नुभएको बुझिएको छ ।