नागरिक लगानी कोषले २१ प्रतिसत बोनस दिने

नागरिक लगानी कोषले २१ प्रतिसत बोनस दिने


नागरिक लगानी कोषको २१ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार सम्पन्न २१ औ सभाले २१ दशमलव ८५ प्रतिसत बोनस दिने प्रस्तावलाई पारित गरेको हो ।

यो सगै कर प्रयोजनको लागि १ दशमलव १५ प्रतिसत नगद लाभांसलाई पनि सभाले अनुमोदन गरेको छ । आ.ब २०७१/७२ मा कोषले ४८ करोड ६८ लाख ९७ हजार रुपैया आम्दानी गरेको छ । यो अघिल्लो बर्षको तुलनामा ३१ दशमलव २१ प्रतिसत बढि हो । आम्दानीमा कुल खर्च,कर अघिको नाफा र आयकर कटाएपछिको खुद नाफा १८ करोड ६१ लाख ४६ हजार रुपैया रहेको छ ।

सभाले कोषमा नयाँ संचालकहरु चयन गरेको छ । सर्वसाधरण सेयरधनीको तर्फबाट अशोक बुढाथोकी र अन्य बित्तिय संस्था समुहबाट नेपाल लाइफ इन्स्योरेन्सका प्रतिनिधि कमलेश कुमार अग्रवाल निर्विरोध निर्वाचीत भएका कोषका सूचना अधिकृत उद्धव सिलवालले बताए । निर्वाचित संचालकको अवधि ५ बर्ष रहने छ ।