आर्थिक पत्रकारको अध्यक्षमा आचार्य

आर्थिक पत्रकारको अध्यक्षमा आचार्य


आर्थिक विटमा कलम चलाउने पत्रकारहरुको छाता संगठन नेपाल आर्थिक पत्रकार समाज (सेजन) मा नयाँ कार्य समिति चयन भएको छ । १८ औं वार्षिक साधारण सभाबाट पुष्पराज आचार्यको नेतृत्व नयाँ समिति चयन भएको हो । सो सभाले मोदनाथ ढकाललाई पराजित गर्दै आचार्य अध्यक्ष चुनिएका हुन् ।  आचार्यले १ सय १८ मत पाएका थिए भने उनका प्रतिस्पधी ढकालले १ सय ६ मत पाएका थिए ।

त्यसैगरी, उपाध्यक्षमा प्रभात भट्टराई १ सय ३७ मतका साथ विजयी भए भने उनका प्रतिस्पर्धी रामराजा श्रेष्ठले ८८ मत पाए । महासचिवमा भीम गौतम १ सय ६ मतका साथ विजयी भ एभने, प्रतिस्पर्धीहरु जनार्दन बरालले ७० र अनुजराज ढुंगेलले ४९ मत पाएका थिए । सचिवमा सुजन ओली १ सय ३० मत पाएर विजयी भ एभने प्रतिस्पर्धी नवीन अर्यालले ९२ मत पाए ।

कोषाध्यक्षमा भागवत भट्टराई १ सय २३ मत पाएर विजयी भ एभने, प्रतिस्पर्धी सरस्वती ढकालले ९८ मत पाईन
सदस्यहरुमा एलिजा उप्रेतीले १ सय ५७, सागर घिमिरेले १ सय २८, कृष्ण रिजालले १ सय ९, हिमाल पौडेलले १ सय ४५ मत र शिव बोहराले ९९ मत ल्याएर विजयी भए । सदस्यमा सुजन पन्तले ६५, लेखनाथ पोखरेलले ९६, परमेश्वर अधिकारीले ९८ मत पाएका थिए ।  कुल २ सय ४६ जना सदस्य रहेको समाजमा २ सय २७ मत खसेको थियो ।