वैदेशिक रोजगार असुरक्षित !

वैदेशिक रोजगार असुरक्षित !


नेपालीका निम्ति वैदेशिक रोजगार बाध्यता छ । वैदेशिक रोजगारका निम्ति सरकारले सय भन्दा बढि देशहरु खुल्ला गरेको छ ।

दैनिक दश हजार भन्दा बढि युवाहरु वैधानिक बाटो हुदैँ वैदेशिक रोजगारका निम्ति जान्छन् । वैदेशिक रोजगार नेपालीका निम्ति बाध्यता बनिरहेको बेला वैदेशिक रोजगार विभागले पछिल्लो समय ठगी बढिरहेको जनाएको छ ।

विभागका अनुसार गत साउन महिनामा २ सय ३० वटा ठगी सम्बन्धि उजुरी विभागमा परेको छ । विभागमा गत महिनामा १ सय १८ वटा व्यक्तिगत उजुरी र १ सय १२ वटा संस्थागत उजुरी गरी कुल २ सय ३० वटा उजुरी परेको हो ।

गत महिनामा १० करोड १७ लाख ३७ हजार ६ सय १ रूपैयाँ दावी गरिएको छ । ६ करोड ५१ लाख ७ हजार ५० रूपैयाँ व्यक्तिगत उजुरीमा दावी गरिएको छ भने ३ करोड ६६ लाख ३० हजार ५ सय ५१ रूपैयाँ संस्थागत उजुरीमा माग गरिएको छ ।

त्यस्तै २ करोड, १३ लाख ८७ हजार ९ सय ९३ रूपैयाँ विगो रकम विभागले भराइएको विभागले जनाएको छ । जसमध्ये १ करोड ६१ लाख ७० हजार ४ सय ९३ रूपैयाँ व्यक्तिगत उजुरीको लागि भराइएको हो भने ५२ लाख १७ हजार ५ सय रूपैयाँ भराइएको छ ।

त्यस्तै २८ वटा व्यक्तिगत तर्फको जाहेरी र ५७ वटा संस्थागत तर्फको जाहेरी गरी ८५ वटा जाहेरी गत महिना विभागले फरफारक गरिसकेको छ । त्यस्तै ३३ वटा व्यक्तिगत तर्फका उजुरीहरू अदालतमा दर्ता गरीएको विभागले जनाएको छ ।

उक्त उजुरीको आधारमा २ करोड १६ लाख ६७ हजार ६ सय रूपैयाँ अदालतमा विगो दावी गरिएको छ । यसरी ठगी बढिरहँदा वैदेशिक रोजगार कतै असुरक्षित बन्दै गएको त होइन भन्ने तर्फ चिन्ता पैदा हुन थालेको छ ।