कहाँ–कहाँ चल्दैछ आजदेखि सुपथ मूल्य पसल ?

कहाँ–कहाँ चल्दैछ आजदेखि सुपथ मूल्य पसल ?


आजदेखि सरकारले सुपथ मूल्यका पसल संचालनमा ल्याउने भएको छ ।  नेपालीहरुको महानपर्व दसैं, तिहार,छठ पर्वलाई लक्षित गरेर आजदेखि उपत्यकाका विभिन्न १३ ठाउँमा सरकारले सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको हो ।

सरकारले संचालनमा ल्याउने ती पसलमा उपभोक्तालाई आवश्यक पर्ने दैनिक उपभोग्य वस्तु राखिने र सुपथ मूल्यमा उपलव्ध गराउने लक्ष्य राखिएको छ ।

आपूर्ति मन्त्रालका अनुसार सरकारी स्वामित्वमा सञ्चालित नेपाल खाद्य संस्थान, साल्ट्रटेडिङ कर्पाेरेसन, दुग्ध विकास संस्थानमार्फत उपभोक्तालाई सहुलियत दिन सुपथ मूल्य पसल सञ्चालन गर्न लागिको हो ।

मन्त्रालयका अनुसार चाडपर्वमा दैनिक उपभोग्य वस्तु जस्तै, चामल, नुन, चिनी, खसीबोका, घिउ र पनिर समेत विशेष छुटमा त्यस्ता पसलबाट पाइनेछ ।

कहाँ–कहाँ चल्दैछन् ?

सरकारका अनुसार, काठमाडौंको सतुंगल, कालीमाटी, टेकु, कोटेश्वर, सिंहदरबार, थापाथली, बल्खु, जोरपाटी, ललितपुरको जाउलाखेल र भक्तपुरको सूर्यविनायकमा सुपथ मूल्य पसल सञ्चालन गरिने छ ।

नेपाल खाद्य संस्थानले चामल र गेडागुडी बिक्री गर्ने छ । साल्ट्र टेड्रिङ कर्पाेरेसनले नुन, चिनीसँगै अन्य खाद्यान्न बिक्री गर्ने छ भने दुग्ध विकास संस्थान पनिर र घिउमा प्रतिलिटरमा १० छुट दिएको छ ।

उपत्यकासँगै बाहिरी जिल्लामा स्थानीय तहको सिफारिसमा सुपथ पसल सञ्चालन गरिने मन्त्रालयले जनाएको छ । उपत्यकामा तीनवटा घुम्ति सेवामार्फत उपभोक्तालाई विभिन्न स्थानमा खाद्यान्न वितरण गरिने छ ।