आईएमईको चाडपर्व योजना सार्वजनिक

आईएमईको चाडपर्व योजना सार्वजनिक


चाडबाडलाई लक्षित गरी विभिन्न सेवाग्राहीमुखी प्रवद्र्धनात्मक क्रियाकलाप सञ्चालन गर्दै आएको आईएमईले यस वर्षको दशैँ, तिहार र छठपर्वलाई लक्षित गरी ‘आईएमई छक्का–पञ्जा’ अफर सार्वजनिक गरेको छ । यही भदौ १२ देखि आगामी मङ्सिर ३ गतेसम्म १२ हप्ता सञ्चालन हुने सेवाग्राहीमुखी प्रवद्र्धनात्मक कार्यक्रममा देश–विदेशका लाखौँ सेवाग्राही सहभागी हुन सक्ने बताइएको छ ।

योजनाअन्तर्गत योजना अवधिभर दैनिक ‘लक्की ड्र’बाट छनोट हुने ६० जनालाई सय रुपैयाँबराबरको आईएमई पे क्यास, हरेक पन्ध्र–पन्ध्र दिनमा १–१ जना भाग्यशाली सेवाग्राहीलाई ६ लाखको जीवन बिमा र हरेक ६–६ हप्तामा १–१ जना भाग्यशाली सेवाग्राहीलाई १० लाख रुपैयाँ नगद प्रदान गरिनेछ । यस योजनाअन्तर्गत अन्तर्राष्ट्रिय तथा आन्तरिक कारोबारको हकमा पैसा पठाउनुहुने सेवाग्राहीमध्येबाट ट्रान्जेक्सन नम्बर र नामका आधारमा विजेता छानिनेछन् । अन्तर्राष्ट्रिय कारोबारको हकमा विजेताले इच्छाएको नेपालमा बस्नुहुने आफन्तलाई पुरस्कार प्रदान गरिनेछ ।

यस योजनामा आईएमई गर्ने सम्पूर्ण सेवाग्राही सहभागी हुन सक्नुहुनेछ । यद्यपि, आईएमईमा कार्यरत कर्मचारी, संस्थापक, एजेन्ट, सञ्चालक तथा आईएमईसम्बद्ध कुनै पनि व्यक्ति यो योजनामा सहभागी हुन पाउने छैनन् ।

जीवनबिमा प्राप्त गर्ने विजेताले सम्बन्धित बिमा कम्पनीद्वारा निर्धारित नियम तथा सर्त पालना गर्नुपर्नेछ । आईएमईका जुनसुकै एजेन्ट सञ्जालमार्फत रेमिट्यान्स कारोबार गरेका भौचर कपी योजना घोषणा अवधिसम्म सुरक्षित राख्नुपर्नेछ । नेपाल सरकारको नियमानुसार लाग्ने कर सेवाग्राहीले उपहार ग्रहण गर्नुपूर्व नै भुक्तान गर्नुपर्नेछ । योजनाको सर्वाधिकार यस कम्पनीमा निहित हुने कम्पनीले जनाएको छ ।