रसुवा नाकामा भन्सार कर्मचारीकै टेण्डर !

रसुवा नाकामा भन्सार कर्मचारीकै टेण्डर !


सरकारी कर्मचारीले भन्सार एजेण्टसंगको मिलिमतोमा कर्मचारीले नै सामान छुटाउने टेण्डर हाल्ने गरेको रहश्य खुलेको छ । गत २ वर्षअधि गएको भुकम्पबाट क्षतिग्रस्त भएको तातोपानी नाकामा हाल बन्द भएपछि विकल्पका रूपमा रसुवागढी नाकालाई प्रयोग गरिएसंगै सो नाकामा खटिएका भन्सार कर्मचारीले व्यापारिसंग टेण्डर हालेर गैरकानूनी कार्य गर्दा पछिल्लो २ महिनादेखि सो नाकाबाट सामान छुटेको छैन । रसुवागढी भन्सारका कर्मचारी र व्यापारीबीच कुरा नमिल्दा दशैंमा चिनियाँ सामानको अभाव हुन सक्ने सम्भावना बढेको छ ।

भन्सार कर्मचारी र व्यवसायीबीच समन्वय हुन नसक्दा २ महिनादेखि जतिसंख्यामा सामान छुटाउनु पर्ने हो त्यो संख्यामा छुट्न सकेको छैन । भने अर्बाैं रुपैयाँँबराबरको सामानको जाँचपास हुन नसकेर सयौं कन्टेनर भन्सारको पार्किङमा थन्किएर बसेका छन् । दशैं नजिकिएसँगै बजारमा चिनियाँ लत्ता कपडालगायतका विभिन्न वस्तुको अभाव देखिन थालेको छ ।

व्यवसायी दशैंलाई लक्षित गरी चीनबाट सामान मगाएको भए पनि व्यापारी, ढुवानीकर्ता एजेन्ट र भन्सार कर्मचारीबीच कमिसनकै विषयमा कुरा नमिल्दा समस्या उत्पन्न भई सामान भन्सारमा नै रोकिन गएको हो ।

दशैलक्षित गरि ल्याउने सामानहरु २ महिनाअगाडि नै काठमाडौं आइपुग्नुपर्ने र त्यो सामान पसल–पसलमा पुगिसक्नु पर्नेमा हाल कमिशनकै खेलका कारण सामान रसुवा भन्सार नाकामा नै अलपत्र परेको छ भने लाखौ मुल्यको स्याउ चीनियाँ भुभागमा रोकिन परेकाले कुहिएको व्यवसायीले बताएका छन् ।

चीनबाट आयात गरिएका सामान बीच बाटोमा अड्किँदा साना तथा मध्यमस्तरका व्यापारीहरु बढी मर्कामा परेको व्यवसायीहरूले बताएका छन् । नाकामा भन्सार एजेन्टको मनोमानी र सरकारी निकायबाट सहजीकरण नहुँदा सामान ल्याउन समस्या रहेको देखिएको छ ।

भन्सार कर्मचारीले सरकारले पठाएको भन्सार मुल्याङक सूची पुस्तकलाई अनेत्र राखेर आफुखुशी सामानको मुल्याङकन गर्ने गरि टेण्डर नै हाल्ने गरेको आरोप एक व्यवसायीले नाम नलेख्ने सर्तमा बताएका छन् । भन्सार कर्मचारीलाई उनीहरुले भनेकै दरमा कमिशन दिएको खण्डमा सहजरुपमा भन्सार प्रज्ञापन पत्र दिने गरेको तर दररेटमनै मुल्याङकन गरेमा अनेक बहाना देखाएर भन्सार जाँच नै नगरि झुलाई दिने गरेको आरोप व्यवसायीहरुको रहेको छ ।

नेपाल ट्रक कन्टेनर व्यवसायी संघका अध्यक्ष अर्जुन सापकोटाले सहजरुपमा भन्सार जाँच नहुदाँ ५ सयभन्दा बढी कन्टेनरभ्यान भन्सार पार्किङमा अलपत्र परेको बताए । उनले भने,‘सुरुमा १ लाख ५० हजार रुपैयाँमा छुटेका गाडि अहिले १५ देखि २० लाख रुपैयाँ छुटाउनु परेको छ । यो भन्सार एजेण्डका कारण मंहगो शुल्क तिर्नु परेको बताए । यसलाई सम्बन्धित निकायबाट नियन्त्रण नहुदाँ व्यवसायीहरुले सहज रुपमा सामान ढुवानी गर्न समेत नसकेको गुनासो उनले गरेका छन् ।

यस सम्बन्धमा रसुवा प्रमुख जिल्ला अधिकारी हिरादेबी पौडेलले भन्सार नाकामा के भएको तत्काल जानकारी गराउन निर्देशन दिएको बताएकी छिन् । उनले अहिले के कति कारणले नेपाल र चीनको भुभागमा सामान लिन गएका र लिएर आएका ट्रक रोकिएको हो सो बारे जानकारी गराउन र समस्या समधान गरि छिटोभन्दा छिटो ट्रक छुटाउन निर्देशन दिएको बताइन् । ।–रोशन कार्की