श्रममन्त्रालयबाटै ६० कम्पनीको फाईल गायब (सूची सहित)

श्रममन्त्रालयबाटै ६० कम्पनीको फाईल गायब (सूची सहित)


कारबाहीकालागि पठाइएको सबै फाइल मन्त्री परिवर्तनसंगै हरायो

बैदेशिक रोजगारीमा पठाइदिने भन्दै बेरोजगार युवायुवतीलाई नक्कली कागजात बनाएर विदेश पठाउने म्यानपावर कम्पनीहरुमाथी सरकारले अहिले सम्म कारबाही गर्न सकेको छैन । वैदेशिक रोजगारीमा जाने नेपालीहरुको भविष्यलाई थप अस्थिर र अन्योलमा पर्ने ६० वटा म्यानपावर कम्पनीको कारवाहीकालागि सम्बन्धित मन्त्रालयमा पठाएको फाइल नै गायब गराइएको खुलेको छ ।

काराबाहीमा परेका म्यानपावर कम्पनीः–
१ मुनड्रप्स ओभरसिज प्रालि
२ माउण्ट कञ्चन इन्टरनेशनल प्रालि
३ प्याराडाइज इन्टरनेशनल प्रालि
४ ब्लूस्काई इन्टरनेशनल प्रालि
५ कोशी इन्टरनेशनल प्रालि
६ टप जब्स प्रालि
७ भण्डारी ओभरसिज प्रालि
८ मन्टेज ओभरसिज प्रालि
९ मिडिल इष्ट मेनपावर प्रालि
१० शिखर इन्टरनेसनल मेनपावर प्रालि
११ एएस इन्टरनेसनल प्रालि
१२ राज ओभरसिज प्रालि
१३ इन्टरनेसनल मेनपावर रिक्रुटमेन्ट प्रालि
१४ आकर्षण इन्टरनेसनल प्रालि
१५ मिथिला मेनपावर सर्भिस प्रालि
१६ क्याराभान इम्प्लोइमेन्ट सर्भिस प्रालि
१७ सान इन्टरनेसनल प्रालि
१८ सूर्य इन्टरनेसनल प्रालि
१९ साउन लाइन्स रिक्रुटमेन्ट प्रालि
२० अल आक्समाक्स कम्पनी प्रालि
२१ सिद्धार्थ गौतम ओभरसिज प्रालि
२२ ए एण्ड एस इन्टरनेसनल प्रालि
२३ डिजाइन इम्प्लाईमेन्ट सर्भिस प्रालि
२४ पाथीभरा ओभरसिज प्रालि
२५ एससीएन मेनपावर प्रालि
२६ एसओएस मेनपावर सर्भिस प्रालि
२७ सिवाकोटी मेनपावर सर्भिस प्रालि
२८ द रिभर ओभरसिज प्रालि
२९ मदरल्याण्ड ओभरसिज प्रालि
३० गल्फ होराइजन इन्टरनेसनल इन्कर्पोरेट प्रालि
३१ टाइटानिक मेनपावर सप्लार्य प्रालि
३२ अक्सफोर्ड इन्टरनेसनल प्रालि
३३ भिजन एण्ड भ्यालु ओभरसिज प्रालि
३४ गोर्खाज एसोसियट प्रालि
३५ गुरुङ्ग म्यानेजमेन्ट ओभरसिज प्रालि
३६ फ्यूचर इम्प्लाईमेन्ट सर्भिस प्रालि
३७ कोमल इन्टरनेसनल ओभरसिज प्रालि
३८ सदिक्षा ओभरसिज प्रालि
३९ मास ह्युमन रिसोर्स प्रालि
४० नेबिल ओभरसिज प्रालि
४१ काबेली ह्युमन रिसोर्स प्रालि
४२ सोसियल इम्प्लाइमेन्ट सर्भिस प्रालि
४३ अल ह्याट म्यानेजमेन्ट सिस्टम प्रालि
४४ डीडी ओभरसिज प्रालि
४५ पालही ओभरसिज प्रालि
४६ आनन्द ओभरसिज प्रालि
४७ युनिभर्सल कनेक्सन प्रालि
४८ एकता इन्टरनेसनल प्रालि
४९ रेन्बो ओभरसिज प्रालि
५० नेलको इन्टरनेसनल प्रालि
५१ फाइभ स्टार इन्टरनेसनल ओभरसिज प्रालि
५२ निड इम्प्लाइमेन्ट सर्भिस प्रालि
५३ ओसो रिक्रुटमेन्ट सर्भिस प्रालि
५४ लक्की ओभरसिज प्रालि
५५ कालिञ्चोक मेनपावर प्रालि
५६ गोल्डेन इगल मेनपावर प्रालि
५७ डिप्रोटोन मेनपावर सप्लायर्स प्रालि
५८ आर एण्ड आर ग्लोबल जब्स ट््याकर प्रालि
५९ ट्रष्ट नेपाल ओभरसिज प्रालि
६० भाइटल ओभरसिज प्रालि

वैदेशिक रोजगारीमा कामदार पठाउने म्यानपावर कम्पनीमाथिको अनुगमन र दोषीमाथि कारबाही गर्नेगरि नियन्त्रणमा लिई अनुसन्धान गरि कारवाहीकालागि मन्त्रालय पठाएको फाईललाई करोडौ रुपैयाँमा बेपत्ता बनाएको रह¥य खुलेको हो ।म्यानपावर व्यवसायमा देखिएको लुटलाई रोक्ने उद्देश्यले तत्काल बैदेशिक रोजगार विभागले अनुगमन सुरु गरेपछि त्यसलाई रोक्न करोडौँ रुपैयाँ रुपैयाँको थैली विभागदेखि मन्त्रालयसम्म पु¥याएपछि विचबाटोमै कारवाही रोकिन पुगेको छ ।

वैदेशिक रोजगारीमा जाने नेपाली ठगीने तथा विदेशमा अलपत्र पर्ने र राज्यले राजस्व समेत गुमाउने निश्चित भएको छ । म्यानपावर व्यवसायीले करछली गर्ने गरेको तथा बाहिर कम लागत देखाएर भित्रभित्रै कामदारसँग दोब्बर/तेब्बर रकम असुल गरेर विदेशमा पठाउने तथा विदेशमा पनि नेपालमा भनेजस्तो काम नपाएर नेपालीहरु अलपत्र परेको गुनासो आएपनि सम्बन्धित निकायले कारवाही नगर्दा ठगी कार्यमा झन तीव्रता आएको छ । तत्कालिन श्रमराज्यमन्त्री टेकबहादुर गुरुङकै बेलामा सो कारवाही अगाडि बढाएको थियो । तत्कालिन विभागका महानिर्देशक भरत सुबेदी रहेका थिए ।

अनुगनमकै आधारमा कम्पनीसंग करोडौ रुपैयाँ लिई कारवाही रोकिएको समेत आरोप सम्बन्धित निकायले लगाएका छन् । तत्कालिन श्रमराज्यमन्त्री गुरुङले अनुगनम गर्न लगाई दोषी भेटिएको ६० वटा कम्पनीलाई कारबाही गर्ने अन्तिम तयारी गर्दा सरकार परिवर्तनसंगै सो फाईल मन्त्रालयमा ‘पेन्डिङ’ हुन पुगेको थियो । हाल सो मन्त्रालय फरमुल्ला मन्सुर अन्सारीले सम्हालेका छन् । कारबाहीकालागि सिफारीस भएका ति कम्पनीहरुको फाईल मन्त्रालयबाटै गायव बनाइएको छ भने आरोपीत कम्पनीबाट विना रोकतोक काम गरि रहेका छन् । भने करोडौ रुपैयाँ राजस्व समेत छली भई रहेको छ ।–रोशन कार्की