अर्बौँ विद्युत् बक्यौता कहिले उठ्ने ?

अर्बौँ विद्युत् बक्यौता कहिले उठ्ने ?


नेपाल विद्युत् प्राधिकरणले अर्बौँ  विद्युत् बक्यौता उठाउन सकेको छैन् । प्राधिकरणका अनुसार, गत आर्थिक वर्ष सम्ममा ११ अर्ब २० करोड २१ लाख ७९ हजार ३ रुपैयाँ बराबरको विद्युत् महसुल उठ्न बाँकी छ ।

प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका अनुसार गार्हस्थतर्फ नै सबैभन्दा बढी महसुल बक्यौता बाँकी रहेको छ ।

गार्हस्थतर्फ ४ अर्ब ६६ करोड ६३ लाख ४५ हजार ४ सय ७८ बक्यौता रहेको छ । यस्तै काठमाडौं महानगरपालिका लगायतका नगरपालिकाले सडक बत्ती प्रयोग गरेबापत प्राधिकरणलाई तिर्नुपर्ने रकम मात्रै ३ अर्ब ६० करोड ७६ लाख ६६ हजार ३ सय १८ रहेको छ ।

त्यस्तै, गैरगार्हस्थतर्फ ३१ करोड ७९ लाख ७ हजार ७ सय ६४, व्यापारिकतर्फ २९ करोड ९७ लाख ५७ हजार ६ सय ३० उठ्न बाँकी रहेको छ । यस्तै, गैरव्यापारिकतर्फ ३० करोड ९९ लाख १७ हजार ८ सय १९, मनोरञ्जनतर्फ ४४ लाख ९ सय ११, औद्योगिकतर्फ १ अर्ब २१ करोड ७६ लाख २० हजार ९ सय ५५ सिँचाइतर्फ १४ करोड ८४ लाख २७ हजार ३२ रहेको छ ।

खानेपानीतर्फ ६३ करोड ४१ लाख ६ सय २८, यातायात ५ लाख ३६ हजार २७, मन्दिरतर्फ १४ करोड ६९ लाख ६१ हजार ७ सय ५१, सामुदायिकतर्फ १० करोड ११ लाख ४ हजार २, अस्थायी लाइन लिएका तर, महसुल नतिरेका १५ करोड ७३ लाख १९ हजार ६९ बक्यौता रहेको छ ।

प्राधिकरणका अनुसार, आन्तरिकतर्फ ८४ लाख ७४ हजार ७ सय ५८, चुहाहट ५ लाख १३ हजार २ सय ६४ बाँकी रहेको छ । यस्तै, लामो समय विद्युत् महसुल नतिरेपछि प्राधिकरणले कालोपाटीमा राखेका ग्राहकबाट ५७ करोड ४ लाख ९ हजार २ सय ६० बाँकी रहेको छ ।

ऊर्जा मन्त्रालयले पटक–पटक बाँकी बक्यौता असुल गर्न निर्देशन दिए पनि प्रभावकारी रूपमा कार्यान्वयन गराउन सकेको छैन ।

यता, प्राधिकरणले हालै मात्र एक सुचना जारी गरी विद्युत महसुल संकलन विनियमावली, २०७३ को विनियम १० मा मिटर रिडिङ्ग भएको ६० दिन भित्र महसुल तिर्नुपर्ने नियमअनुसार तत्काल बाँकी बक्यौता तिर्न ग्राहकलाई रकम भुक्तानी गर्न आग्रह गरेको छ । यसरी प्राधिकरणले सुचना जारी गरेपनि सोचे अनुरुप प्रगती भने हुन सकेको छैन ।