तथ्यांक सार्वजनिक गर्न सहकारी विभाग असफल

तथ्यांक सार्वजनिक गर्न सहकारी विभाग असफल


आर्थिक वर्ष ०७३/७४ मा सहकारी विभाग र सो मातहतका निकायले गरेको विवरण एवं तथ्यांक सार्वजनिक गर्न सहकारी विभाग असफल देखिएको छ ।

नयाँ आर्थिक वर्ष सुरु भएको २ महिना बित्न लाग्दा समेत विभागले आफ्नो गतिविधी एवं तथ्यांक सार्वजनिक गर्न नसकेको हो ।

विभागले आफू र सो मातहता कार्यालयहरुले के कति काम गरे, सहकारी दर्ता, सहकारीको नियामन, खारेजको बारेमा वार्षिक रुपमा कार्यप्रगति बाहिर ल्याउनुपर्ने हुन्छ ।

कुनै कार्यप्रगति एवं तथ्यांक विभागले बाहिर नल्याउँदा सुचना पाउने जनताको अधिकार बञ्चित हुन पुगेको जानकारहरु बताउछन् ।

किन दुई महिना बित्न लाग्दा समेत गत आर्थिक वर्षको विवरण आउन सकेन ? भनि प्रश्न गर्दा सहकारी विभागका रजिष्ट्रार केशव प्रसाद रेग्मीले ढिला भएको स्वीकादै छिट्टै विवरण सार्वजनिक गर्ने तयारी भइरहेको बताए ।

यसरी सहकारी विभागले गरिरहेको ढिलाइले विभागको काम कारबाही प्रति पनि गम्भीर शंका उब्जाएको छ ।