नयाँ बीमा कम्पनी तोकिएको पूँजी जम्मा गर्न असफल

नयाँ बीमा कम्पनी तोकिएको पूँजी जम्मा गर्न असफल


मोटो रकम बुझाएर तत्कालिन अर्थमन्त्री र बीमा समिति अध्यक्षको मिलिमतोमा नयाँ लाईसेन्स पाएका कम्पनीले तोकिएको रकम जम्मा गर्न सकेन । प्रवद्र्धकको तर्फबाट जम्मा गर्नुपर्ने पैसा समयमा जम्मा गर्न नसके पछि अर्थमन्त्रालयले रकम जम्मा गर्ने समय समेत थप गरेको छ ।

कमिशनको थैली लिएर बीमा समितिको नेतृत्व सम्हालेकै दिनदेखि नयाँ कम्पनीलाई लाईसेन्स दिने योजनामा एकसूत्रीय ढंगले लागिपरेका अध्यक्ष चिरन्जिबी चापागाई र तत्कालिन अर्थमन्त्री कृष्णबहादुर महराको सहयोगमा १२ नयाँ कम्पनीलाई लाईसेन्स दिएको खुलेको थियो ।

तत्कालिन अर्थमन्त्रीकै पालामा अर्थमन्त्रालयबाट सैद्धान्तिक सहमति पाएका कम्पनीले तोकेको रकम बुझाउन नसकेपछि समयसिमा बढाएको अर्थमन्त्रालय स्रोतले जनाएको छ । महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीले आवश्यक पुँजी जुटाउन अझै सकेको छैन । ३५ लाख रुपैयाँ र अन्य सेवासुविधा समेत दिएर नयाँ बीमा कम्पनी लाईसेन्स लिएसंगै तोकिएको रकम जम्मा गर्न भने हम्मेहम्मे परेको छ ।

नयाँ कम्पनीको लागि बीमा समितिले न्यूनतम २ अर्ब रुपैयाँ चुक्तापुँजी तोकेको छ । त्यसमा प्रवद्र्धकले १ अर्ब ४० पैसा जम्मा गर्नु पर्ने हुन्छ । बीमा समितिले गत जेठ ८ गते १० वटै कम्पनीलाई पत्र लेख्दै ३ महिनाभित्र प्रवद्र्धकको तर्फबाट जम्मा गर्नुपर्ने पैसा जम्मा गर्न, समितिले तोकेका सबै प्रक्रिया पुरा गर्न निर्देशन दिएको थियो ।

पैसा जम्मा गर्ने समय सीमा विहीबार सकिएको छ । समयभित्र पैसा जम्मा नगर्ने र तोकिएको प्रक्रिया पूरा नगर्ने कम्पनीको सबै प्रक्रिया खारेज हुने पत्रमा उल्लेख गरिएको भएपनि बीमाले डेढ महिना समय सिमा थपेको छ । बीमाका अध्यक्ष चापागाईले सो समय सिमा थपमा समेत रकमको बार्गेनिङ गरेको आरोप कर्मचारीहरुले लगाएका छन । –रोशन कार्की

यो पनि पढ्नुहोसः–

नयाँ बीमा लाइसेन्स स्वीकृतिमा ४२ करोडको थैली