अग्नि सिमेन्टमा राजस्वको छापा, संचालक फरार

अग्नि सिमेन्टमा राजस्वको छापा, संचालक फरार


अग्नि सिमेन्टमा राजस्वले छापा मारेको छ । राजश्व अनुसन्धान पश्चिमाञ्चल क्षेत्रिय कार्यालय बुटवलको टोलिले रुपन्देहीको साबिक गोनाहा–७ स्थित अग्नि सिमेन्ट उद्योगमा छापा मारी कागज पत्र नियन्त्रणमा लिएको हो ।

७ दिन भित्र उपस्थित हुन म्याद दिए पनि उद्योग सञ्चालक १५ दिन बितिसक्दा समेत उपस्थित भएका छैनन् । संचालक फरार रहेको बुझिन्छ ।

राजश्व छलिको आशंकामा राजश्व अनुसन्धान पश्चिमाञ्चल क्षेत्रिय कार्यालय बुटवलको टोलिले रुपन्देहीको साबिक गोनाहा–७ स्थित अग्नि सिमेन्ट उद्योगमा छापा मारी कागज पत्र नियन्त्रणमा लिएको थियो ।

एउटै बिलबाट दुई पटक सामान निकासी गरेर राजश्व छलि गरेको आशंकामा राजश्वले सो सिमेन्ट उद्योगमा छापा मारी उद्योगको खरिद बिक्रि तथा स्टक सामान सम्बन्धि कागज पत्र नियन्त्रणमा लिएको हो ।

गत साउन २२ गते राजश्व अनुसन्धान पश्चिमाञ्चल क्षेत्रिय कार्यालय बुटवलका अनुसन्धान अधिकृत चक्र प्रसाद ढुङ्गाना नेतृत्वको टोलिले उद्योगमा छापा मारेर आवश्यक काजग पत्र नियन्त्रणमा लिइ सात दिन भित्र कार्यालयमा उपस्थित हुन म्याद दिए पनि उद्योगका सञ्चालक समेत रहेका उद्योगका प्रमुख कार्यकारी अधिकृत राजकुमार पोखरेल अहिले सम्म उपस्थित भएका छैनन् ।

राजश्व अनुसन्धान पश्चिमाञ्चल क्षेत्रिय कार्यालय बुटवलका अनुसन्धान अधिकृत तथा निमित्त सूचना अधिकृत थमलाल भट्टराईले एउटै बिलबाट दुई पटक सामान निकासी गरेर राजश्व छलि गरेको आशंकामा राजश्वले उद्योगमा छापा मारी उद्योगको खरिद बिक्रि तथा स्टक सामान सम्बन्धि कागज पत्र नियन्त्रणमा लिएको जानकारी दिए ।

राजश्व कार्यालयका प्रमुख नरेन्द्र प्रकाश पाण्डेले सिमेन्ट उद्योगको कागज पत्र नियन्त्रणमा लिए पनि अध्ययन हुन बाँकी रहेको प्रतिक्रिया दिए ।

उता राजश्वले छापा मारेको बिषयमा जिज्ञासा राख्दा अग्नि सिमेन्टका व्यवस्थापक राजमुमार सुक्लाले यस विषयमा केही बोल्न चाहेनन् ।