सहकारी नीति बनाउँदा विज्ञको सुझाव लिन आग्रह

सहकारी नीति बनाउँदा विज्ञको सुझाव लिन आग्रह


सरकारले सहकारी संस्थालाई व्यवस्थित गर्न चाँडो सहकारी नीति ल्याउनुपर्ने सुझाव दिइएको छ । विश्वास बहुउदेश्यीय सहकारी संस्थाको १९ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै नेकपा (एमाले) का नेता एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले नीतिनियम बनाउँदा विज्ञलाई नसमेटिए नीति फितलो हुने औँल्याउँदै सहकारीले जनताको पैसा जोखिममा पर्न नदिन लगानीको विकल्प खोज्नुपर्नेमा जोड दिए ।

सहकारीको विकासले देशको अर्थतन्त्रमा ठूलो प्रभाव पारेको स्पष्ट पार्दै उनले कुनै पनि देशको आर्थिक उन्नति हुनका लागि त्यस देशका मानिस उद्यमी र व्यावसायिक बन्नुपर्ने बताए ।

संस्थाका अध्यक्ष रमेश गौतमले २०५६ सालमा ३९ लाख शेयर संकलन गरी रु २९ लाख १४ हजार ७१७ बाट कारोबार शुरु भएको र आर्थिक वर्ष २०७३/७४ मा मात्र संस्थाले रु १९ करोड ३४ लाख शेयर पूँंजी संकलन गर्न सफल भएको जानकारी दिए ।