बजाज मोटरसाईकल किन्नेलाई ६ लाखको अफर

बजाज मोटरसाईकल किन्नेलाई ६ लाखको अफर


बजाज बाइकको अधिकृत बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले दसैंतिहार लक्षित योजना ल्याएको छ।
कम्पनीले ६ निशान योजना ल्याएको जनाउँदै यसको अर्थ ‘६ वटा लक्ष्यहरु’ रहेको जनाएको छ। कम्पनीका अनुसार अर्को अर्थ ‘गौरव गर्नु’ अर्थात् बजाजको शानसंग आफू आबद्ध रहेको छ।

बजाज बाइक चढ्नेले गौरबको महशुस गर्ने कम्पनीको दाबी छ। यो योजना अनुसार बाइकको खरिदमा स्क्र्याच कुपन प्राप्त गर्ने र स्क्र्याच कुपनको आधारमा ग्राहकले ६ हजार रुपैयाँ देखि ६ लाख रुपैयाँसम्म नगद जित्न सक्ने कम्पनीले जनायो। कम्पनीका कार्यकारी निर्देशक शेखर गोल्छाले भने, “कम्पनीले ग्राहकका लागि रोमाञ्चक र फाइदाजनक योजनाहरु प्रस्तुत गर्न प्रतिबद्ध छ । हामीले ल्याएको योजनाबाट ग्राहक लाभान्वित बन्ने विश्वास लिएका छौं ।”