बजारमा सुनको हाहाकार !

बजारमा सुनको हाहाकार !


बजारमा सुनको हाहाकार मच्चिएको छ । नेपाल राष्ट्र बैंकले सुनको कोटा बढाउन नसक्दा बजारमा सुनको हाहाकार मच्चिएको हो ।

तिजको बेला सुनको माग बढे पनि बजारमा माग धान्न सक्ने अवस्था नरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार अघिल्लो हप्ता दैनिक ३०–३५ किलो सुन माग हुने गरेकोमा अहिले प्रतिदिन ३५–४० किलोसम्म सुनको माग भइरहेको छ । मागको यो परिमाण अझै बढ्ने महासंघको भनाइ छ ।

महासंघका पूर्व अध्यक्ष तथा सुन व्यवसायी मणिरत्न शाक्यले भने,‘बजारमा मागको अनुपातमा आपूर्ति छैन । यसैले हाहाकार मच्चिएको हो ।’ उनका अनुसार, सरकाले दैनिक २० किलो सुनमात्रै बजारमा पठाउने गरेको छ ।

यसलाई बढाउनु पर्ने महासंघ तथा व्यवसायीले माग गर्दै आए पनि राष्ट्र बैंकले यसबारेमा वास्तै गरेको छैन ।
सरकारले सुनको बजार २० किलोमा सीमित गर्दा कालोबजारी समेत मैलाइरहेको व्यवसायीहरु बताउँछन् ।

सरकारका कारण नेपालीले आफ्नो इच्छाअनुसार चाहे जति सुन किन्न र बेच्न नपाएको भन्दै शाक्यले दुखेसो व्यक्त गरे । भूकम्पपछि सुधार हुँदै गएको सुनको बजार सरकारको २० किलोको कोटाले उठ्न नदिएको शाक्यको भनाई छ ।

उता, नेपाल राष्ट्र बैंकले भने सुनको कोटा बढाउने संभावना कुनै नरहेको बताएको छ । प्रवक्ता नारायण पौडेलले यस विषयमा समान्य छलफल भएको मात्रै बताए । -विजय दमासे