सवारी साधन मेलामा यूएम रेनेगेड बाइक उपहार

सवारी साधन मेलामा यूएम रेनेगेड बाइक उपहार


अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा) को आयोजनामा यही भदौ १३ गते देखि राजधानीको भृकुटीमण्डपमा नाडा अटो सो १२ औँ संस्करण’ सुरु हुँदैछ। नाडा अटो सोमा प्रख्यात ब्राण्डका सवारीसाधनहरु प्रदर्शनीमा राखिने आयोजकले जनाएको छ। शोमा सवारी साधनका लेटेस्ट मोडल, नयाँ प्राविधि, सवारी सुरक्षा, स्पेयर पार्टस, लुब्रिकेन्टस, टायर, ग्यारेज उपकरण, व्याट्री तथा अन्य एसेसोरिजहरुको प्रदर्शनी हुने आयोजकले जनाएका छन्। आयोजकका अनुसार अटो शोमा बैंक तथा बित्तिय संस्थाहरुका साथै बीमा कम्पनीहरुको समेत सहभागिता रहनेछ।

सन् १९९८ देखि हुँदै आएको नाडा अटो शोलार्इ यसअघिका वर्षमा भन्दा भब्य बनाउने तयारी भैरहेको नाडाका अध्यक्ष अन्जन श्रेष्ठले बताए। ग्राहकहरुले प्रदर्शनीस्थलमा खोजेको र रोजेको सवारी साधन तथा अन्य सामाग्रीहरु सजिलै प्राप्त गर्न सकिने उनले बताए।

एकै ठाउँमा आयातकर्ता, डिलर, उत्पादक, विक्रेता एवं ग्राहकहरुको जमघट हुने भएकोले सवारीसाधन र त्यससँग सम्बन्धित बिबिध पक्षहरुको विकास, वजारीकरण र विस्तारका लागि प्रदर्शनी महत्वपूर्ण हुने विज्ञप्तीमा उल्लेख छ। यसपालीको मेलामा साना ठूला गरी १३० वटा स्टलहरु रहने र १६ वटा ब्राण्डका ४ पाङ्ग्रे, १९ वटा ब्राण्डका २ पाङ्ग्रे तथा ६ वटा ब्राण्डका हेभी कमर्सियल सवारी साधनहरु प्रदर्शनमा रहने बताइएको छ।

आयोजकले प्रवेश टिकटमा बम्पर उपहार स्वरुप आइएमइ अटोमोटिभ्सले प्रायोजन गरेको यूएम रेनेगेड कमाण्डो २३० सीसीको मोटरसाइकल दिने समेत जनाएको छ। ६ दिनसम्म चल्ने प्रदर्शनीको झण्डै ५० हजारले अवलोकन आयोजकले अनुमान गरेका छन्। प्रदर्शनीको ब्राण्ड एम्बेसडरमा मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यलार्इ चयन गरिएको छ। प्रदर्शनीबाट हुने आम्दानीबाट ५ लाख रुपैयाँ बाढीपीडितलार्इ सहयोग उपलब्ध गराउने समेत आयोजकले जनाएका छन्। नाडाले यसअघि नै बाढीपीडितका लागि ५ लाख रुपैयाँ सहयोग गरिसकेको जनाएको छ। प्रदर्शनी भदौ १८ गतेसम्म चल्नेछ।