चोरी र राजस्व छली रोक्न सवारीसाधनमा इम्बोस्ड नम्बर

चोरी र राजस्व छली रोक्न सवारीसाधनमा इम्बोस्ड नम्बर


भन्सार नाकाबाट चोरी तथा राजस्व छली गरि भारतबाट नेपालमा ल्याइने सबारी सधानलाई पूर्णरुपमा नियन्त्रण गर्न सरकारले इम्बोस्ड नम्बर प्लेट कार्यान्वयमा ल्याएको छ । लामो समयदेखि भन्सार कर्मचारीकै मिलिमतोमा हुने त्यस्ता राजस्व छली र चोरीका सवारीसाधन नेपाल ल्याउने कार्य भएकाले करोडौ रुपैयाँको राजस्व छली हुदै आएको छ ।

यस अघि नम्बर प्लेट परिवर्तन गरेर कतिपय सवारीसाधनलाई चोरी, डकैटी, हत्या अपहरण जस्ता काममा प्रयोग गर्दै आएका भेटिएपछि त्यस्ता अबैध कृयाकलापमा सबारी साधान प्रयोग नहोसभन्ने उदेश्यका साथ सो प्लेट कार्यान्वयनमा ल्याएको विभागले जनाएको छ ।  इम्बोस्ड नम्बर प्लेट कार्यान्वयमा आएसँगै नम्बर प्लेट परिवर्तन गर्न नमिल्ने भएकाले गैरकानुनी क्रियाकलाप रोकिने विभागको भनाई रहेको छ । नम्बर प्लेटलाई मेशिनले रिड गरेर सवारीधनीको नाम, नविकरण मितिजस्ता सबै कुरा पत्ता लाग्ने भएकाले राजस्व छली समेत रोकिने विश्वास गरिएको छ ।

सरकारले सोमबार (आज) देखि सवारी साधनमा अनिर्वायरुपमा इम्वोस्ड नम्बर प्लेट कार्यान्वयनमा ल्याएको हो । यातायात व्यवस्था विभागका प्रवक्ता डा. टोकराज पाण्डेले पहिलो चरणमा सरकारी सावारीसाधनमा इम्बोस्ड नम्बर प्लेट कार्यान्वयनमा ल्याउने र आजैदेखि सुरु गरेर अबको ५ बर्ष भित्रमा सबै सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट कार्यान्वयनमा आइसक्ने बताएका छन् ।

प्रबक्ता पाण्डेका अनुसार इम्बोस्ड नम्बर प्लेटको भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री वीरबहादुर बलायरले एक कार्याक्रमकाबीच शुभारम्भ गरेका छन् । ५ बर्ष अघि सरकारले एसियाली विकास बैंकको सहकार्यमा इम्बोस्ड नम्बर प्लेट कार्यान्वयमा ल्याउने गृहकार्य शुरु गरेको थियो । विभागले इम्बोस्ड नम्बर प्लेटको छुट्टै दररेट तोकेको छ । हाल मोटरसाइकलको २ हजार ५ सय, तीन पाङग्रे सवारीका लागि २ हजार ९ सय रुपैयाँ, चारपाङग्रेका लागि ३ हजार २ सय रुपैयाँ र हेभी सवारीसाधनका लागि ३ हजार ६ सय रुपैयाँ तोकिएको छ ।