धितोपत्रले गऱ्यो मर्चेन्ट बैंकको सुपरिवेक्षणमा कडाई

धितोपत्रले गऱ्यो मर्चेन्ट बैंकको सुपरिवेक्षणमा कडाई


धितोपत्र बोर्डले धितोपत्र दलाल र मर्चेन्ट बैंकरको सुपरिवेक्षणमा कडाई गरेको छ । बोर्डले (धितोपत्र व्यवसायी र मर्चेन्ट बैंकर) पहिलो संशोधन नियमावली–२०७४ लागू गर्दै सो कडाई गरेको हो । मर्चेन्ट बैंकरको कार्यक्षेत्र विस्तार तथा सुपरिवेक्षणमा थप कडाई गरेको हो । बोर्डले मौजुदा ब्यवस्थामा परिमार्जन गर्दै गैरस्थल र स्थलगत सुपरिवेक्षणको प्रक्रिया, सुपरिवेक्षणकर्ताको जिम्मेवारी, काम, कर्तव्य, अधिकार तथा उत्तरदायित्वजस्ता विषयमा थप कडाई गरेको छ ।

उक्त निर्देशिका कार्यान्वयनमा आएसँगै धितोपत्र दलाल तथा मर्चेन्ट बैंकरको नियमित र व्यस्थित रुपमा अनुगमनलाई अघि बढाइने बोर्डको सहायक प्रवक्ता निरञ्जय घिमिरेले बताएका छन् । उनका अनुसार नयाँ ब्यवस्थाले ग्राहक पहिचान विवरण, जोखिम व्यवस्थापन, सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी विवरणको रिर्पोटिङको अवस्था, कारोवार प्रणाली, भौतिक पूर्वाधार एवं जनशक्तिको अवस्था र आन्तरिक नियन्त्रण प्रणालीजस्ता विषयहरुको सुपरिवेक्षणमा विशेष जोड दिइएको छ ।

यसैगरी, व्यवसायीको हिसाव किताव तथा लेखा, नियमनकारी निकायले तोकेका वित्तीय विवरणहरु तथा प्रतिवेदनको अवस्था, धितोपत्र व्यवसायीहरुले धितोपत्र सम्बन्धी प्रचलित कानूनको पालनको अवस्था, धितोपत्र व्यवसायीको काम कारवाहीको अवस्थाको बारेमा समेत बोर्डमा समयसिमाभित्र अनिवार्यरुपमा जानकारी गराउनुपर्ने भएको छ । यस अघि सामान्य अबस्थामा रहेको नियमावलीलाई थप ब्यवस्थित गर्दै कार्यान्वयनम ल्याइएको बोर्डले जनाएको छ ।