चेम्वरद्वारा संकलित राहत सरकारलाई हस्तान्तरण

चेम्वरद्वारा संकलित राहत सरकारलाई हस्तान्तरण


नेपाल चेम्वर अफ कमर्सले बाढी पहिरो पीडितका लागि संकलित राहत सामाग्री सरकारलाई हस्तारण गरेको छ । चेम्वरका अध्यक्ष राजेशकाजी श्रेष्ठ नेतृत्वको प्रतिनिधि मण्डलले सिंहदरवारमा गृहमन्त्री जनार्दन शर्मालाई सो संकलित राहत सामाग्री हस्तारण गरेको हो ।

पीडितका लागि राहत संकलन गर्न चेम्वरद्वारा गठित डिजास्टर मयानेजमेन्ट सेलका संयोजक एवं चेम्वरका उपाध्यक्ष राजेन्द्र मल्ललगायतको सहभागितामा गएको प्रतिनिधि मण्डलले पहिलो चरणमा औषधि, खाद्य सामाग्री, त्रिपाल, टेण्ट, म्याट्रेस, लता कपडा लगायतका राहत सामाग्री मन्त्री शर्मालाई हस्तान्तरण गरेको हो ।

चामल दुई ट्रक, औषधि दुई सय वक्स, त्रिपाल र टेण्ट एक ट्रक र म्याट्रेस तथा लता कपडा एक ट्रक हस्तारण गरिएको हो । राहत हस्तान्तरण कार्यक्रममा चेम्वरका अध्यक्ष श्रेष्ठले थप राहत संकलन गरी संकलित राहत सामग्री हस्तान्तरण गर्दै जाने जानकारी दिए । प्रतिनिधि मण्डलमा उपाध्यक्ष मल्ल, उपाध्यक्ष ज्ञानेन्द्र रत्न तुलाधर, महासचिव कमलेशकुमार अग्रवाल, सचिवहरु देवेन्द्र भक्त श्रेष्ठ, सन्तोष कुमार पाण्डेलगायत उपस्थित थिए ।