डिपेण्डेन्ट भिषाको नाममा मानव तस्करी, नक्कली विवाहले भयो बिचल्ली

डिपेण्डेन्ट भिषाको नाममा मानव तस्करी, नक्कली विवाहले भयो बिचल्ली


मुलुकभर खुलेका विभिन्न नामका कन्सल्टेन्सीहरुले बेरोजगार शैक्षिक युवायुवतीलाई विभिन्न बहानामा विदेश पठाउने गैरकानुनी धन्धा सञ्चालन गरेको भेटिएको छ । शैक्षिक परामर्श केन्द्रका नाममा खुलेका यस्ता कन्सल्टेन्सीहरुले सरकारी नीति विपरित मानव किनबेचसम्मका कृयाकलापहरु गर्दै आइरहेको गोप्यरुपमा फेला परेको छ ।

त्यस्ता संस्थाले एक जना पढ्न तथा अर्को व्यक्ती काम गर्नका लागि भन्दै विभिन्न मुलुकमा ‘डिपेण्डेन्ट भिषा’ मा मानव तस्करी गरेको खुलेको हो । कन्सल्टेन्सीहरुले शैक्षिक योग्यता पुगेको युवायुवतीहरुलाई खोजी गर्दै खरिद गरि शैक्षिक योग्यता नभएका व्यक्तिलाई मंहगो शुल्क लिई नक्कली विवाह गर्दै डिपेण्डेन्ट भिषामा विभिन्न मुलुकमा पठाउने गरेको तथ्यप्रमाण प्राप्त भएको छ । यसरी अवैध रुपमा मानव किनबेचदेखि तस्करी धन्धामा संलग्न हाल सञ्चालनमा रहेका देखि भर्खर खुलेका कन्सल्टेन्सीले गर्दै आएका छन् ।

एकातर्फ सरकारलाई कर नबुझाउने अर्कोतर्फ आफ्नो अनुकुलतामा मंहगो शुल्क लिई आफैले नक्कली विवहा दर्ता प्रमाण पत्र तयार गरेर युवायुवतीलाई बिदेश पठाउने गरेका छन् ।  पछिल्लो समय डिपेण्डेन्ट भिषामा अष्ट्रेलिया पठाउँदै आएको कन्सल्टेन्सीहरुले मानव किचबेच मात्र गरेका छैनन् हाडनाता पर्ने युवा युवतीहरुको नक्कली विवाह गराई भिषा आवेदन समेत दिने गरेको फेला परेको छ । त्यस्ता कन्सल्टेन्सीहरुले ‘अष्ट्रेलिया पुग्नकालागि मात्र हो, यो नक्कली विवाह हो भन्दै जग्गे बनाएर, पुरेत पढाएर, केही जन्ती बोलाएर नक्कली विवाह गर्दै गरेको भिडियो समेत बनाएर डिपेण्डेन्ट भिषाकालागि निबेदन दिन केही गिरोहनै सक्रिय रहेका छन् । डिपेण्डेन्ट भिषामा विभिन्न मुलुकमा मानव तस्करी धन्धामा संलग्नतामा यसअधि ‘कर बुझाउदैनन कन्सल्टेन्सी’ शिर्षकमा घटना र विचार डटकमले समाचार प्रकाशित गरेकै संस्थाहरु सकृय रहेका छन् ।

अध्ययन तथा पर्यटन भिसामा विदेश पठाउने काम शैक्षिक परामर्श केन्द्रले गर्दै आएका छन् । सञ्चालकहरुले अमेरिका, क्यानडा, अष्ट्रेलिया, जापान तथा युरोपेली मुलुकमा शिक्षाको नाममा मानव ओसार पसार गरेको उजुरी परे पनि यसको सुनुवाइ भने अझै सम्बन्धित निकायबाट भएको छैन । कानुन र अनुगमनको अभावमा शैक्षिक परामर्शको नाममा ठगी र मानव तस्करी धन्धा बढेको प्रहरीको निष्कर्ष समेत रहेको छ । भाषा प्रशिक्षण र शैक्षिक परामर्श दिन भनेर स्थापना गरिएका परामर्श केन्द्रले मानव तस्करीदेखि हुन्डीसम्मको काममा गर्र्दै आएका छन् ।

नेपालमा शिक्षित भएरपनि रोजगारी खोज्दै भौतारिएका युवा जमात विदेशतिर आकर्षित हुनु नौलो कुरा होइन । तर शिक्षाका नाममा खुलेका परामर्शदाता कम्पनीहरुले नै विदेशी मुलुकहरुमा पढ्न पठाउने नाममा अवैध तस्करी धन्धा गर्दै आउदा समेत सरकारले सो बारे कुनै कारबाही अगाडी बढाउन सकेको छैन ।  ती कन्सल्टेन्सीहरुलाई दिइएको कानुनी अधिकार अनुसार हेर्ने हो भने विद्यमान कानूनसंग बाँझिने कार्य लामो समयदेखि गर्दै आएका छन् । नक्कली विवाह गर्दै कागजात तयार गरी अवैध सम्बन्धलाई प्रमाणित गराउँदै दलालहरु प्रयोगगरि युवा युवतीको खोजी गर्ने र युवायुवतीसंग मोटो रकम अशुल्दै कन्सल्टेन्सीहरुले यस्तो धन्दा संचालन गर्दै आएका छन् ।

डिफेण्डेण्डमा अष्टेलिया लैजान्छु भन्दै पढ्न जाने युवतीसंग नक्कली विवाह गरेका एक पुरुष (नाम उल्लेख नगर्ने सर्तमा ) उनीहरुको भिषा नलागेपछि अंश मुद्दा खेप्नु परेको र आफ्नो भएभरको सम्पत्ति युवतीको नाममा गर्दिन बाध्य भएको दुखेको पोखे । ढुंगाना थरका उनीको अष्ट्रेलिया भिषा नलागेपछि सो घट्ना व्यहोर्नु परेको बताए । उनले आफ्नो पहिचान खुल्ने डरले कन्सल्टेन्सीको नाम समेत नबताउने जनाए ।

अष्टे«लियाकालागि नक्कली डिपेन्डेन्ट भिषा लगाई पुग्ने र त्यहाँ पढ्ने हैसियत नभएको र त्यहाँको नियम अनुसार विद्यार्थीले ४ घण्टामात्र काम गर्न पाउने भएपछि खर्च नै नपुगेर विचल्लीमा समेत पर्ने गरेका छन् । एजेण्ट मार्फत खोजिएका युवायुवतीलाई नक्कली विवाह मोटो रकम लिएर बागबजार स्थित रहेको ग्लोबल च्वाइस कन्सल्टेन्सीले सो सवैभन्दा बढी गर्दै आएको छ । यस विषयमा उक्त कन्सल्टेन्सीका सञ्चालक तिर्थलाल भट्टसंग पटकपटक फोन सम्र्पक तथा उनकै अफिसमा जादाँ समेत उनीसंग सम्पर्क हुन सकेन ।
यो पनि पढ्नुहोस् :

यि कन्सल्टेन्सीले गरे कर छली (सूचीसहित)