खाद्यले दशैंतिहारकालागि २५ सय खसीबोका ल्याउने

खाद्यले दशैंतिहारकालागि २५ सय खसीबोका ल्याउने


भदौ २० गतेबाट सहुलियत पसल सञ्चालन हुदै

नेपाल खाद्य संस्थानले दशैं तिहारकालागि खसीबोका र च्याङग्रा खरिद गर्ने कार्य सुरु गरेको छ । प्रत्यक वर्षझै यस पटक पनि संस्थानले १ हजार ५ सय खासीबोका र १ हजार वटा च्याङ्ग्रा ल्याउने भएको छ । संस्थानले दशैमा खसीबोका र च्याङग्रा ल्याएर मासुको मूल्यमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्दै आएसंगै सो कार्यालाई निरन्तरता दिएको छ । यस पटक संस्थानले पश्चिम नेपालबाट खसीबोका ल्याउने जनाएको छ । गत वर्ष पूर्वी नेपालबाट खसीबोका ल्याएको थियो ।

खसीबोका र च्याङग्रा ल्याउने आन्तरिक तयारी संस्थानले सुरु गरि सकेको छ । खसीबोका पश्चिम नेपालबाट र च्याङग्रा मुस्ताङबाट ल्याउने तयारी संस्थानको रहेको छ ।  यसैगरी, संस्थानले दशैतिहारलाई लक्षित गर्दै सुरु गर्ने सहुलियत पसल भदौ २० गतेदेखि सुरु गर्ने निर्णय समेत गरेको छ । साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थानसँग सहकार्य गरेर सुरु गरिदै आएको छ । आपूर्ति मन्त्रालयको समन्वयमा संचालन हुने यो सुपथ मूल्य पसलमा अन्य किराना पसलहरुमा भन्दा अत्यावश्यक खाद्यान्न सस्तोमा अर्थात पाँच रुपैयाँसम्म प्रति किलो कम मुल्यमा बिक्री गरिने जनाइएको छ ।