‘दुलही अन्माएपछिको घर’ बन्दै नयाँ शक्ति नेपाल

‘दुलही अन्माएपछिको घर’ बन्दै नयाँ शक्ति नेपाल


बडो तामझामका साथ शुरु गरिएको डा. बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीको अवसान अत्यन्त दयनीय ढंगबाट हुने सम्भावना बढेको छ । एकपछि अर्को गर्दै पार्टी छोड्ने क्रममा भट्टराईका अति निकट मानिएका देवेन्द्र पौडेल सुनिललगायतका नेताहरुले समेत नयाँ शक्ति परित्याग गरी माओवादी केन्द्रतर्फको गन्तव्य समातेपछि सो पार्टी दुलही अन्माएपछिको घर झैँ सुनसान बन्न पुगेको छ ।

तथापि, डा. भट्टराईले भने पार्टी सुद्धिकरणको चरणबाट गुज्रिएको भन्दै चित्त बुझाउने प्रयास गरेका छन् । पार्टी छोडेर गएकाहरुलाई उनले पार्टीविरोधी गतिविधि गरेको भन्दै कारवाहीको घोषणा समेत गरेका छन् । पछिल्लो पटक देवेन्द्रलगायत १५ जना नेता तथा कार्यकर्तालाई नयाँ शक्ति पार्टीले कारबाही गरेको जनाएको छ ।

पार्टीका संयोजक डा. भट्टराईले शुक्रबार एक विज्ञप्तिमार्फत नेता देवेन्द्र पौडेल, कुमार पौडेल, महेन्द्र पासवान, बलावती शर्मा, पासाङ शेर्पालगायत १५ जना नेता तथा कार्यकर्तालाई साधारण सदस्यसमेत नरहने गरी निष्काशित गरेको जनाएका छन् भने .नयाँ शक्ति नेपाल बृहद् ध्रुवीकरण केन्द्रीय संयोजन समितिु नाममा आफ्नो समूह बनाएका देवेन्द्र पौडेल पक्षले चाहिँ जायज र तर्कसंगत तवरले आफ्नो विचार राख्दा गरिएको कारवाही तथ्यमा आधारित नभएको तर्क गरेको छ । आफूहरुले उठाएको परिवर्तनकारी एजेण्डालाई अस्वीकार गर्ने मनसायका साथ कारबाहीको नाटक गरिएको पौडेलले जनाएका छन् ।