नक्कली सुन धितो राखी दश करोड ऋण निकासा

नक्कली सुन धितो राखी दश करोड ऋण निकासा


नेपाल बैंक लिमिटेड धरान शाखाका खजान्चीले कमसल धातु (नक्कली सुन) धितो राखेर १० करोडभन्दा बढी ऋण प्रवाह गरेको खुलासा भएपछि नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोबाट खटिएको विशेष टोलीले बैंकका कर्मचारीमाथि अनुसन्धान सुरु गरेको छ । सिआइबी टोलीले उक्त बैंकका एघार कर्मचारीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।