प्राधिकरणले थाल्यो बिजुलीको तार भूमिगत गर्न

प्राधिकरणले थाल्यो बिजुलीको तार भूमिगत गर्न


उत्तरी क्षेत्रको वितरण केन्द्रकालागि ग्लोबल टेण्डरमार्फत आव्हान

राजधानीका प्रायःजसो सवै स्थानमा झुण्डिएको विद्युत लगायत अन्य प्रयोजनका तारहरुलाई व्यवस्थीत गर्न नेपाल विद्युत प्राधिरणले काम सुरु गरेको छ । प्राधिकरणले काठमाडौं उपत्यकामा वितरण प्रणालीलाई भुमिगत र अटोमेसन गर्ने गरि राजधानीको रत्नपार्क वितरण केन्द्रलाई भूमिगत लाइनबाट विद्युत वितरण र अटोमेसन गर्न अन्तर्राष्ट्रिय प्रतिस्पर्धा बोलपत्र (ग्लोबल टेण्डर) आब्हान गरेको छ ।

वितरण सञ्जाल क्षमता बढाउने, बिजुलीका तारलाई भुमिगत र वितरण प्रणालीलाई अटोमेशन गर्ने उल्लेख बोपत्रमै गरेको छ । असोज १९ गतेसमम्म बोलपत्र पेश गर्न सकिने प्राधिकरणले जनाएको छ । प्राधिकरणले पहिलो चरणमा उत्तरी क्षेत्र महाराजगञ्ज वितरण केन्द्रका लागि टेण्डरको आब्हान गरेको छ । पहिलो चरणको बोलपत्र पेश गर्ने अन्तिम मिति असोज ४ गते सम्मलाई तोकिएको छ ।

भूमिगत वितरण प्रणालीको खाका, समान आपूर्ति, जडान र सञ्चालन गर्नुपर्ने सवै प्रबधान सोही बोलपत्रमा उल्लेख गरिएको छ । पहिलो चरणमा महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्रका मुख्य सडकमा ११ केभी र ४ सय भोल्टका प्रणालीलाई भुमिगत र अटोमेसन गरिने भएको छ । वितरण प्रणालीलाई भुमिगत गर्नुका साथै अप्टिकल फाइबर बिच्छाउने र बिजुली वितरणको तथ्याङक राख्न बेग्लै केन्द्र, दुई वितरण केन्द्रमा ९० हजार थान आधुनिक (स्र्माट मिटर) जडान गरिने योजना समेत रहेको प्राधिकरणले जनाएको छ ।

२ वटा वितरण केन्द्रका अतिरित्त काठमाडौ उपत्यकाका ९ वटै वितरण केन्द्रमा भूमिगत गर्ने र दोस्रो चरणमा अन्य महानगरपालिका र उपमहानगरपालिकामा भूमिगत लाइनलाई आधुनिकीकरण र स्मार्ट मिटर जडान गर्ने योजना रहेको छ ।  एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा विद्युत प्रसारण तथा वितरण क्षमता अभिवृद्धि योजनामार्फत भुमिगत गर्न लागिएको हो । एडीबीले १५ अर्ब रुपैयाँ बढी ९ सय १५ करोड अमेरिकी डलर ऋण दिने सहमति भएको प्राधिकरणले जनाएको छ । २ वर्षभित्र सो योजना सम्पन्न गर्ने कार्यसिमा रहेको छ ।