झापामा बाढीका कारण अर्बौंको नोक्सानी

झापामा बाढीका कारण अर्बौंको नोक्सानी


हालै आएको बाढीका कारण झापामा कृषि क्षेत्रमा एक अर्ब छ करोड ८८ लाख ५५ हजार बराबरको नोक्सानी भएको छ ।

धानबालीतर्फ ८८ करोड ५५ लाख, माछापालनतर्फ पाँच करोड ६८ लाख ७५ हजार, रबरखेतीतर्फ रु चार लाख ८० हजार र तरकारीबालीतर्फ रु १२ करोड ६० लाख बराबरको नोक्सानी भएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत प्रकाश डाँगीले बताए ।

बाढीबाट सात हजार २६६ हेक्टर जग्गामा लगाइएको बालीनालीमा क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ । जिल्लाभरि क्षति बढ्न सक्ने बताइएको छ ।

बाढीले मेचीनगर, अर्जुनधारा, बिर्तामोड, भद्रपुर, कन्काई, शिवसत्ताक्षी, दमक, गौरादह नगरपालिका तथा बुद्धशान्ति, हल्दिबारी, कचनकवल, बाह्रदशी, झापा, गौरीगञ्ज र कमल गाउँपालिकामा क्षति पु¥याएको छ ।