प्रदेश-२ मा निर्वाचन आचारसंहिता लागू

प्रदेश-२ मा निर्वाचन आचारसंहिता लागू


स्थानीय तहको निर्वाचनकालागि प्रदेश नम्बर- २ मा आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ ।

निर्वाचन आयोगका अनुसार सरकार र मन्त्रीहरु, राजनीतिक दल, सम्वन्धित स्थानीय तह, सार्वजनिक संस्था, सुरक्षा निकाय, निर्वाचनमा संलग्न कर्मचारीलाई आचारसंहिता लागू हुनेछ ।

यस्तै सञ्चारमाध्यम, निजी तथा गैरसरकारी संस्था, सार्वजनिक पद धारण गरेका व्यक्तिलाई पनि आचारसंहिता लागू हुनेछ । उम्मेदवारको हकमा २१ गतेबाट आचारसंहिता लागू हुनेछ ।

आचारसंहिता लागू भएपछि कर्मचारीको सरुवा, बढुवा, नियुक्ति, अनुदान, सर्वेक्षण लगायत गतिविधि गर्न रोक लागेको छ । यस्तै विकास निर्माणका लागि भन्दै आकर्षक नयाँ कार्यक्रम थप गर्न, नयाँ बजेट बाँडफाँड र रकमान्तरमा समेत पाइने छैन ।