खाताको पैसा बिस वर्ष नचलाए जफत गरिने

खाताको पैसा बिस वर्ष नचलाए जफत गरिने


नेपाल राष्ट्र बैंकले लामो समयदेखि बैंक खाता खोलेर पैसा जम्मा गर्ने तर कारोबार नगर्ने खातावालाको रकम जफत गर्ने भएको छ । बैंक खातामा राखेको पैसा २० वर्षसम्म नचलाए जफत गर्न सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ । बैंक तथा वित्तिय क्षेत्रमा सो अबधिसम्म जम्मा गरेको पैसा नझिक्ने तर बचतमात्र गर्ने भएकाले यस्तो पैसालाई निष्क्रिय रहेको ठहर गरी सरकारीकरण गर्ने व्यवस्था गरेको हो ।

ग्राहकले समय समयमा आफ्नो खाताबाट रकम झिक्ने र रकम जम्मा गर्ने काम गरेको खण्डमा भने सो नियम नलाग्ने बैंकले जनाएको छ । पैसा जम्मा गरेको १० वर्षदेखि खाता चल्तीमा छैन वा कसैको पनि हकदाबी परेको छैन भने सम्बन्धित बैंकले त्यस्तो खाताको विवरण प्रत्येक आर्थिक वर्षको पहिलो महिनाभित्र राष्ट्र बैंकलाई जानकारी गराउनुपर्ने समेत व्यवस्था गरेको छ । त्यसरी जफत गरेको पैसा ‘राष्ट्र बैंकको बैंकिङ विकास कोष’ मा जम्मा हुने र बैंक खाता बन्द गर्दा पनि ग्राहकले शुल्क तिर्नुपर्ने व्यवस्था लागु गरिएको छ ।