बाढीपिडितलाई चेम्बरको १ करोड सहयोग

बाढीपिडितलाई चेम्बरको १ करोड सहयोग


नेपाल चेम्बर अफ कमर्सको आकस्मिक वैठकले देशका विभिन्न भूभागमा आएको वाढीपहिरोबाट पीडितहरुलाई १ करोड १ लाख रुपैयाँको (नगद एवं जिन्सी) राहत प्रदान गर्ने निर्णय गरेको छ । चेम्बरले प्राकृतिक प्रकोपका पीडितलाई राहत पु¥याउन उपाध्यक्ष राजेन्द्र मल्लको संयोजकमा २३ सदस्यीय समिति गठन गरेकोे छ ।

सो समितिको सहसंयोजकद्वयमा दीपक मलहोत्रा र किसन अग्रवाल रहेको अध्यक्ष राजेशकाजी श्रेष्ठले बताए । बाढीपीडित परिवारलाई प्राथमिकताको आधारमा रोजगारीका लागि पनि पहल गर्ने निर्णय गरेको छ । बाढीपीडितलाई सहयोग गर्न इच्छुक दाताहरुलाई ग्लोबल आईएमई बैंक लिमिटेड कान्तिपथको खाता नं. ०१०१०१०००६१२३ मा रकम जम्मा गर्न सक्ने व्यवस्था समेत मिलाएको अध्यक्ष श्रेष्ठको भनाई रहेको छ ।