बाढीपहिरोपछि पूर्वराजाले यसो भने…

बाढीपहिरोपछि पूर्वराजाले यसो भने…


पूर्वराजा ज्ञानेन्द्र शाहले बाढीपहिरोबाट ठूलो धनजनको क्षति भएको भन्दै दुखः व्यक्त गर्नुभएको छ ।

पूर्वराजाको तर्फबाट सोमबार जारी गरि गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ- ‘विगत केही दिनदेखि परेको अविरल वर्षाले देशको तराईलगायत विभिन्न भूभागमा आएको बाढी र पहिरोजस्ता प्राकृतिक प्रकोपले ठूलो धनजनको क्षति पु-याएकोमा गम्भीर चिन्ता एवम् दुःख लागेको छ ।’

बाढीपीडित जनतालाई राहत एवं उद्धारमा सरकारले तदरुकता देखाउनुपर्ने उल्लेख गर्दै वक्तव्यमा भनिएको छ, ‘विपत्तिको यस घडीमा उक्त क्षेत्रका जनतालाई राहत एवं उद्धार उपलब्ध गराउँदै प्रकोप नियन्त्रणका लागि सम्वन्धित पक्षले तदारुकता देखाउने छ भन्ने विश्वास छ ।’

पूर्वराजाले यस दुःखद घडीमा धैर्य र साहसका साथ विपत्ति सामना गर्ने सफलताको लागि ईश्वरसँग प्रर्थना गरेको बताउनुभएको छ ।