विपतकालीन ‘संकटकाल’ घोषणाको माग

विपतकालीन ‘संकटकाल’ घोषणाको माग


सम्माननीय प्रधानमन्त्रीज्यू,
प्रधानमन्त्रीको कार्यलय, सिंहदरबार काठमाडौं ।

विषय : तराई-मधेशमा प्राकृतिक विपतकालीन संकटकाल घोषणा सम्बन्धमा ।

महोदय,

उपरोक्त सम्बन्धमा विगत केही दिनदेखिको लगातार अतिवर्षाका कारण पैदा भएको भयानक बाढीको प्रभावले तराई-मधेशका प्रायः जिल्ला डुबानमा परि जलमग्न रहेको यथार्थ सर्ववितिदै छ । यसले तराई-मधेशमा ब्यापक धन-जनको क्षति भएको पनि प्रधानमन्त्रीज्यूलाई अवगत गराइरहन नपर्ला । मौसमका जानकारहरूका अनुसार वर्षा अझ जारी रहने सम्भावना भएकोले यस क्षेत्रको जनजीवन थप कष्टकर भई ब्यापक मानवीय र भौतिक क्षति हुनसक्ने सम्भावनालाई नकार्न सकिँदैन ।

बाढीको प्रभावले दर्जनौं मानिसले ज्यान गुमाइसकेका छन् भने हजारौँ नागरिक ज्यानको जोखिममा छन् । त्यस्तैगरि घरबारविहीनताको अवस्थामा पुगी निरह एवम् लाचार भयर सहयोग र सद्भावको प्रतिक्षामा लाखौँ नागरिक बसिरहेका छन् । यस क्षेत्रमा हाल मत्स्य तथा कृषि, भौतिक सम्पत्ति, आर्थिक व्यापार व्यवसाय, विद्युतीय सामग्री एवम् संचार, यातायातलागयत लगभग सम्पूर्ण क्षेत्रमा ब्यापक क्षति भएको तथ्यांक आइसकेको छ ।

उल्लिखित मर्मष्पर्शी यथार्थ पीडालाई मध्यनजर गर्दै तराई-मधेशको बाढीग्रस्त क्षेत्रलाई प्राकृतिक प्रकोप एवम् विपतकालीन ‘संकटकाल’को घोषणा गरि संकटकालमा दिन मिल्ने हदैसम्मको सहयोग र सहानुभूति प्रदान गरेर राज्यको तर्फबाट अभिभावकीय भूमिका निर्वाह गर्न सम्माननीय प्रधानमन्त्रीसमक्ष यो विद्युतीय खुल्लापत्र/निवेदन पेश गर्दछु ।

यस पुनित कार्यमा सम्बन्धित सम्पूर्ण सरोकारवाला निकाय, राजनीतिक कर्मी, बुद्धिजीवी, पत्रकार, शिक्षक, मजदुर, ब्यापारी, किसानलगायत सम्पूर्ण महानुभावहरुलाई आआफ्नो ठाउँबाट यथासम्भव सक्रिय सहयोग, सद्भाव र सहभागिता जनाइदिनुहुन विनम्र अनुरोध गर्दै राहत तथा उद्धार कार्यमा संग्लन सम्पूर्णमा हार्दिक आभार एवम् कृतज्ञता प्रकट गर्दछु । धन्यवाद ।

पत्र प्रेषक/निवेदक : चन्द्रभुषण साह, सर्लाही