महान्यायाधीवक्ता श्रेष्ठद्वारा पदबाट राजीनामा

महान्यायाधीवक्ता श्रेष्ठद्वारा पदबाट राजीनामा


काठमाडौं : महान्यायाधीवक्ता रमणकुमार श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । आइतबार श्रेष्ठले प्रधानमन्त्रीलाई राजीनामा बुझाएका हुन् । उनको राजीनामा स्वीकृत भइसकेको छ ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको अघिल्लो सरकारले महान्यायाधीवक्तामा नियुक्त गरिएका श्रेष्ठले नयाँ सरकार बनेको करिब दुई महिनापछि मात्र राजीनामा दिएका हुन् ।

सरकार परिवर्तनसंगै महान्यायाधीवक्ताले राजीनामा बुझाउने प्रचलन छ। अब प्रधानमन्त्री देउवालाई नयाँ महान्यायाधीवक्ता नियुक्त गर्ने बाटो खुलेको छ ।