तीन दिन पछि दाउन्ने सडकखण्ड एकतर्फी खुल्यो

तीन दिन पछि दाउन्ने सडकखण्ड एकतर्फी खुल्यो


तीन दिन पछि दाउन्ने सडकखण्ड एकतर्फी खुलेको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्ने सडक संचालनका निम्ती नयाँ वैकल्पिक ट्याक खुलाइएको हो ।

लगातारको वर्षाका कारण नवलपरासीको दाउन्ने क्षेत्रमा पहिरो गएर सडक भासिएको थियो । विभिन्न स्थानमा पहिरो खसेका कारण राजमार्ग अवरुद्ध भएको थियो ।

बर्दघाट नगरपालिका क्षेत्रमा पर्ने दाउन्नेमा पहिरो गएपछि राजमार्ग अवरुद्ध हुँदा हजारौं यात्रुहरु अलपत्र परेका थिए ।

अहिले पालैपालो गाडी पठाउन सुरु गरिएको छ । बुटवल तर्फ गाडी जान सकेतापनि नारायणगढ तर्फ गाडीहरु पास हुन भने सकेका छैनन ।