तराईमा महाविपद् : मिडियापिच्छे फरक न्यूज !

तराईमा महाविपद् : मिडियापिच्छे फरक न्यूज !


तराईमा बाढीपहिरोले महाविपद् निम्ताउँदा राष्ट्रिय स्तरका मिडियाहरुले के कस्ता न्यूज लेखिरहेका छन् ? यो उत्सुकताको विषय बनेको छ । कतै आचारसंहिता मिच्ने काम त भएको छैन ? यसको निगरानी गर्न पनि जरुरी छ ।

पत्रकार आचारसंहितामा विपत्को बेला मिडियाले के गर्ने के नगर्ने भन्ने विषय प्रष्ट छ । आचारसंहितामा लेखिएको छ, विपत्का बेला अनुमानका आधारमा समाचार नलेख्ने, समाचार भड्किलो नबनाउने । तर आइतबार दिउँसो दुई बजे काठमाडौंबाट संचालित मुलधारका अनलाइन मिडियाहरुमा मधेशमा आएको बाढिपहिरो सम्बन्धि न्यूज हेर्दा मिडिया पिच्छे फरक न्यूज देखिन्थ्यो ।

कतिपयले आचारसंहिता कुल्चदै विर्भस तस्बिर न्यूज विकाउन राखेका थिए भने कतिपयले अनुमानका आधारमा यति/उतिको समाचार राखेका थिए ।

त्यस्तै कतिपय अनलाइनले कम्तीमा …..को मृत्यु भन्दै समाचार राखेका थिए । यसले खासमा के कति क्षती भयो ? कतिको मृत्यु भयो ? भन्ने बारे पाठकहरु अलमलमा पारेको प्रष्ट देखिन्छ भने मिडिया पिच्छे फरक न्यूज देखिदाँ पीडकहरु माथि मलाम लगाउन भन्दा आघात पुगेको राजधानीमा पत्रकारितामा अध्यापन गराउँदै आएका एक शिक्षकले बताए ।

केही उदाहरण  :

दिउँसो दुई बजे रातोपाटीमा समाचार थियो – लगातारको बर्षाका कारण देशभर आएको बाढी पहिरोमा परि अहिलेसम्म ४७ जनाको मृत्यु भएको छ भने बेपत्ताको संख्या ३६ पुगेको छ । बाढि पहिरोमा परि मृत्यु हुनेको संख्या अझै बढ्न सक्नेछ गृहमन्त्रालयले जनाएको छ ।
०००
बाह्रखरीमा समाचार : देशभर बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ५१ पुगेको छ । अहिलेसम्म ८ जना बेपत्ता भएका छन् । त्यसैगरी १६ जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ ।
०००
सेतोपाटीको समाचार : दुई दिनयता देशभर बाढीपहिरोबाट ४७ जनाको मृत्यु भएको छ भने १५ जना बेपत्ता भएका छन् ।
०००

लोकान्तर : केहीदिन देखिको अविरल बर्षाका कारण तराईका अधिकांश जिल्ला बाढी र डुवानको चपेटामा परेका छन् । बाढी पहिरोका कारण शनिवारदेखि आइतवार दिउँसोसम्म ५१ जना भन्दा बढीको मृत्यु भएको छ ।