अत्याबश्यक बस्तुको आपूर्ति कायम गर्न मन्त्रीको निर्देशन

अत्याबश्यक बस्तुको आपूर्ति कायम गर्न मन्त्रीको निर्देशन


आपूर्तिमन्त्री शिवकुमार मण्डलले मन्त्रालयअन्तर्गतका संस्थानका डिपो तथा कार्यालयलाई जनतालाई सहज हुने गरी काम गर्न निर्देशन दिएका छन् । विराटनगरमा रहेको नेपाल आयल निगमको कञ्चनबारी डिपो, नेपाल खाद्य संस्थानको अञ्चल कार्यालय र साल्ट ट्रेडिङ्ग कर्पोरेसनको अञ्चल कार्यालयमा पुगी मन्त्री मण्डले सो निर्देशन दिएका हुन ।

मन्त्री मण्डलले अत्यावश्यकीय वस्तुको सहज आपूर्ति र गुणस्तर कायम गर्न गराउन निर्देशन दिएको बताए ।
उनले भने, ‘उपभोग्य वस्तुको सहज आपूर्ति र गुणस्तरीयताका लागि आ–आफ्नो जिम्मेवारी पूरा गर्नुहोला, जनतालाई सेवा दिन स्थापना भएका कार्यालयबाट नै जनताले सेवा नपाएको गुनासो नआओस् ।’उनले गलत काम गर्नेलाई कुनै पनि हालतमा कारबाही गर्ने गरिने चेताबनी समेत दिएका छन् । भने, राम्रो काम गर्दा केही समस्या आए त्यसको नैतिक जिम्मेवारी आफूले लिने बताए ।

आयल निगमको विराटनगर डिपो स्तरोन्नति गर्ने तयारी मन्त्रालयले गरेको मन्त्री मण्डलले बताए । निगम, डिलर र ढुवानी व्यवसायी जनतालाई सहज इन्धन आपूर्ति गर्न सचेत हुनुपनि आग्रह गरे ।  उनले नेपाल खाद्य संस्थानको कार्यालय अनुगमनका क्रममा मन्त्री मण्डलले जनतालाई कुनै पनि प्रकारको खाद्य समस्या हुन नदिन निर्देशन दिए । पटकपटक डुवान, बाढी लगायतका समस्या पर्ने उक्त क्षेत्रमा आएका खाद्य सामग्री समयमै जनतालाई उपलब्ध गराई जनमुखी सेवा दिन पनि निर्देशन दिए ।