२ दिनदेखि नेपालगन्ज, विराटनगर विमानस्थल बन्द !

२ दिनदेखि नेपालगन्ज, विराटनगर विमानस्थल बन्द !


दुई दिनदेखि नेपालगन्ज, विराटनगर विमानस्थल बन्द छ । लगातारको वर्षाका कारण नेपालगन्ज र विराटनगर विमानस्थल दुइदिनदेखि बन्द भएका हो ।

तराइका प्रमुख दुई विमानस्थल सञ्चालनमा नआएपछि सो को विकल्पका बारेमा छलफल गर्न विभागिय मन्त्रीसहित त्रिभुवन विमानस्थल व्यवस्थापनको आपत्कालिन बैठक बसिरहेको छ ।

त्रिभुवन विमानस्थलमै पुगेका संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री जितेन्द्रनारायण देवसहित विमानस्थलका उच्च अधिकारी बैठकमा जुटेका हुन् ।

तराईका जिल्लाका विमानस्थलमा जहाज ल्याण्ड गर्न नसकेपछि त्यसको विकल्पमा के गर्न सकिन्छ भनेर मन्त्रीसहितको आपतकालीन बैठक बसिरहेको स्रोतले बतायो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले मौसममा सुधार नआएसम्म तत्काल के गर्ने भन्ने विषयमा छलफल चलिरहेको बताए ।

इमरजेन्सी सेवाका लागि नेपाली सेनाको विमान तथा हेलिकप्टर तयार रहेको र कसरी पठाउने भन्ने बारे छलफल चलेको अधिकारीहरुले बताएका छन् ।