वर्षातले पूर्वमा विद्युत आपूर्ति बन्द, कावेली १३२ को टावर ढल्यो

वर्षातले पूर्वमा विद्युत आपूर्ति बन्द, कावेली १३२ को टावर ढल्यो


अविरल बर्षाको कारण पूर्वी जिल्लाहरुमा विद्युत आपूर्ति बन्द भएको छ । भने बाढीका कारण काबेली विद्युत टावर ढलेको छ । ३ दिनदेखि पूर्व तथा मध्य नेपालमा भैरहेको बर्षाका कारण प्रसारण लाइन, सब स्टेशन तथा वितरण प्रणाली लगायतहरुका संरचनाहरुमा क्षति पुग्न गई विद्युत आपूर्ति बन्द भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

भने सो स्थानमा टेलिफोन समेत अबरुद्ध भएको छ । विशेषगरी पूर्वाञ्चलको दुहबी स्थित १३२ केभी सब स्टेशन जलमग्न भएको, अनारमनी  कावेली १३२ केभी प्रशारण लाइनको टावर ढलेको, खिम्ती ढल्केबर १३२ केभी प्रशारण लाइनमा समस्या आएकाले सो क्षेत्रमा विद्युत आपूर्ति बन्द भएको छ । हेटौंडा–चपुर–ढल्केबर प्रसारण लाइनमा ठुला रुखहरु ढलेर प्रसारण लाइनमा समस्या आएकाले सो क्षेत्रमा विद्युत आपूर्ति हुन सकेको छैन् । हेटौडा–ढल्केबर र खिम्ती–ढल्केबर प्रसारणलाईनमा समस्या आउँदा हेटौडादेखि पूर्बी क्षेत्रमा विद्युत आपूर्ति हुन नसकेको प्राधिकरणले जानकारी दिएको छ ।

पूर्वाञ्चलका सम्पूर्ण जिल्लामा विद्युत आपूर्ति बन्द भएको नेपाल विद्युत प्राधिकरण विराटनगर क्षेत्रीय कार्यालयले जनाएको छ । विद्युत आपूर्ति हुने दुहबी स्थित १३२ केभी सब स्टेशनमा पानी जमेको छ । उक्त पानी हटेर मेसिनलाई नतताएसम्म विद्युत आपूर्ति गर्न नमिल्ने प्राधिकरणको भनाई रहेको छ । बाढीका कारण सब स्टेशनको कम्पाउण्ड समेत बगाएको र त्यसले गर्दा कहाँ कति क्षति पुगेको छ भन्ने यकिन समेत गर्न सकिएको छैन । बाढीले क्षति पु¥याएको स्थानको सम्पूर्ण मर्मत सम्भार गरेर सो क्षेत्रमा विद्युत आपूर्ति गर्न १ साता लाग्न जानकारी प्राधिकरणले जनाएको छ । यस क्षेत्रमा अझै ठूलो मात्रामा पानी परिरहेको छ भने जलमग्न हुने क्रम अझै बढेको छ ।