न्युनतम पारिश्रमिक लागू गर्न सञ्चारमन्त्रीको आग्रह

न्युनतम पारिश्रमिक लागू गर्न सञ्चारमन्त्रीको आग्रह


सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न सम्बन्धित संञ्चारमाध्यामलाई आग्रह गरेका छन् ।  नेपाल प्रेस युनियन, उपत्यका समन्वय समितिले आयोजना गरेको प्रेस युनियन उपत्यकास्तरीय भेलामा मन्त्री बस्नेतले सो आग्रह गरेका हुन । उनले न्यूनतम पारिश्रमिक लागू गराउन सबै सञ्चार माध्यमले तदारुकता देखाउनुपर्नेमा समेत जोड दिएका छन् ।

मन्त्री बस्नेतले न्यूनतम पारिश्रमिक लागू गराउन सरकार प्रतिबद्ध रहेको र यसमा सरोकारवाला पत्रकार तथा पत्रकारका संघ, संगठन र सञ्चारगृहको अग्रसरता चाहिने बताए । पत्रकार महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झाले सरोकारवाला निकायको चासो नभएका कारण न्यूनतम पारिश्रमिक कार्यान्वयन हुन नसकेको बताए । युनियनले आगामी नेपाल पत्रकार महासंघको महाधिवेशनलाई लक्षित गर्दै आवश्यक रणनीति बनाउन भेला आयोजना गरेको हो ।