ग्रील व्यवसायीद्वारा हार्डवेयर पसल सञ्चालन

ग्रील व्यवसायीद्वारा हार्डवेयर पसल सञ्चालन


ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालमा आबद्ध ग्रील तथा स्टील ब्यवसायी संघ ललितपुर जिल्ला समितिले ललितपुर जिल्ला भित्र सञ्चालित ग्रील उद्योगलाई चाहिने ग्रील जन्य कच्चा पदार्थ सर्वसुलभ मुल्यमा उपलब्ध गराउने भएको छ । सो ट्रेड कम्पनी ललितपुरको सातदोबाटो, टुटेपानीमा सञ्चालन गरेको छ ।

ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालका अध्यक्ष मोहन कटुवालले ग्रील ब्यवसायीहरुले प्रयोग गर्ने ग्रील जन्य सामाग्रीहरुको आपुर्ति ग्रील ब्यवसायीहरुले नै गर्दा ब्यवसायीले सही मुल्यमा गुणस्तरिय सामान पाउने छन भने ब्यवसायीहरुको लगानीबाट सञ्चालित उक्त हार्यवेयरले कमाउने मुनाफ समेत ब्यवसायीहरुले नै पाउने हुनाले ब्यवसायीको आकर्षण बढेको बताए । अध्यक्ष कटुवालले ९ ग्रील ब्यवसायीद्वारा सञ्चालन गरिएको ९ औं हार्डवेयरको सफलताले आगामी दिनमा ग्रील जन्य कच्चा पदार्थ उत्पादन गर्ने रोलिङ मिल स्थापना गर्न महासघले ब्यवसायीलाई प्रोत्साहन गर्ने बताउनु हुंदै बार्षिक ४० अर्व भन्दा बडढीको मेटल फेब्रिकेटीङ गरि

सेवा प्रदान गर्दै आईरहेको ग्रील तथा स्टील उद्योगीहरुले हिजोका दिनमा खराव मनस्थीती भएका केही सिमीत हार्डवेयर ब्यवसायीहरुले मनोपलि रुपमा समानको मुल्यमा गर्ने गरेको अपत्यारीलो र अत्यधिक अनियन्त्रित मुल्य बृद्धीलाई सामान्य तुल्याउन मद्धत पुग्ने बिश्वास ब्यक्त गरे ।

हास्य कलाकार सिताराम कट्टेल (धुर्मुस) ले ग्रील ब्यवसायीले शुरु गरेको हार्डववेयरले स्वमं ग्रील उद्यमीहरुलाई मद्धत पुग्ने हुनाले सबैको सक्रिय सहभागीता हुनु पर्ने भन्नु हुदै (धुर्मुस सुन्तलि फाउण्डेशनले शुरु गरेको नमुना नेपाल निमार्ण कार्यमा सबैलाइ सहभागी हुन आग्रह गर्नु भएको थियो ।