आठ स्थानमा उच्च जोखिमको साइरन बज्यो

आठ स्थानमा उच्च जोखिमको साइरन बज्यो


केही दिनदेखि अविरल रुपमा परेको वर्षाका कारण पूर्वी र मध्य क्षेत्रका बबर्इ र पश्चिम सेती नदीको आठ स्थानमा उच्चखतराको साइरन बजेको छ । २४ घण्टामा ववइ नदी अन्तरगत पर्ने चेपाङ स्टेशनमा १७२, तुल्सीपुरमा १७३, घोराहीमा १५८, पदमपुरमा १६४, अम्वपुरमा २८३ पानी परेपछि साइरन बजेको जल तथा मौषमविज्ञान विभागले जनाएको छ ।

पश्मिच राप्तीमा ४२७, नारायणीको मादि क्षेत्रमा २०५ र गोविन्दवस्तीमा १६७ मिलिमिटर पानी परेको छ । ववइ नदिकै भादापुलमा पानीको सतह आठ मिटर नघेर उच्चजोखिम बढेको छ । यहाँ प्रतिसेकेन्ड १०२८ मीटरक्यूव पानी बगेकाले वाढीको खतरा बढेको हो । देशका अधिकांश स्थानमा बिहीबारदेखि भारी वर्षा भइ्रहेको छ । शनिबार र आइतबार पनि मनसुनी वर्षाको गतिविधि देश भरिनै सक्रिय हुदाँ भारी वर्षा हुने सम्भावना रहेको विभागको पुर्वनुमान गरेको छ ।