नैनीतालमा लगाएको माया

नैनीतालमा लगाएको माया


घुम्दैफिर्दै नैनीताल पुगेको २२-२३ वर्षो ठिटोको मन खिचिन् एक सुन्दरीले । सरल र सौम्य ती सुकन्यालाई पहिलो प्रस्ताव राख्न उनले ढिला गरेनन् । इन्जिनियरिङ पढ्न रसिया जाने ठिटोको प्रस्ताव मन्जुर भयो ।

भनस्कानमा बसेको थियो- विदेश जाने बेला एउटी बुहारी छाडेर जानू । तर, काठमाडौंकी केटीसँगचाहिँ विवाह नगर्नू । प्लस प्वाइन्ट के थियो भने, सुन्दरी थिइन् नैनीतालकै । आपत् के भने लगत्तै पढ्न जानुपथ्र्यो रसिया । मनपरेकी मान्छेलाई ६ वर्षसम्म पर्खाउनु पनि मनासिव थिएन । त्यसपछि उनले बुबा, दाजु, दिदीसँग प्रस्ताव राखे- मैले एउटी केटी मनपराएको छु । अब विवाह गर्न चाहन्छु । बुबा र ठूल्दाजु तत्काल सहमत भइहाले । तर, पढ्ने उमेरमा विवाह गर्न लाग्यो भनेर माइलादाजु अलिक रिसाए । त्यसपछि ६ वर्षमा इन्जिनिरिङ कम्प्िलट गर्छुनेपछि विवाहको स्वीकृति मिलेछ सरोजलाई । नैनीताल, लखनउ र दिल्लीमा हनिमुन मनाएर गौर गाउँमा लगेर राखे उनले नयाँ दुलहीलाई ।

यो ती युवकको प्रेमकथा हो जो अहिले प्रधानमन्त्रीका प्राविधिक सल्लाहकार छन् । र, हुन् प्रधानमन्त्रीका साख्खे कान्छा भाइ पनि । रुचिकर छ उच्चस्तरीय निरीक्षण तथा अनुगमन समितिको सदस्य सरोजकुमार उपाध्यायको प्रेम कहानी ।

मुस्किलले ४-५ महिना सँगै बसेपछि रसिया जानुपर्ने दिन आयो सरोजको । वर्षमा दुईपटक बिदा हुन्थ्यो । एउटा बिदामा घर र्फकने अनि अर्को बिदामा काम गर्न जाने गर्नुभयो उहाँले । केही वर्षपछि चाहिँ उहाँले श्रीमतीलाई नै रसिया झिकाउनुभयो । पहिलो छोरी जन्मिसकेकी थिइन् । ब्युटिपार्लर या सोसल साइन्स पढ भन्दा नीरू मान्नुभएन र छोरीको मायाले तान्यो र सरोजदम्पती रसियाबाट र्फकनुभयो ।

सरोजपत्नी नीरू अहिले माँ निरञ्जनाका रूपमा प्रसिद्ध हुनुहुन्छ । ओशोधारा गंगोत्री धामकी आचार्य । १० वर्षअघि सरोजकै पहलमा दुवैजनाले तीनदिने आनन्द प्रज्ञा कोर्स गर्नुभएको रहेछ । त्यसपछि नीरूमा ओशो लगाव बढ्यो । सरोजले पनि प्रोत्साहन गर्नुभयो ।

सरोज २०१७ जेठ १४ गते रौतहटको गौरमा जन्मनुभएको हो । मंगलकुमार उपाध्याय र दुगादेवी उपाध्यायको कान्छो छोराका रूपमा । उहाँका दुई दाजु हुनुुहुन्छ, माधवकुमार नेपाल र विनोदकुमार उपाध्याय । दुई दिदी हुनुहुन्छ, कालिका भण्डारी, इन्दिरा न्यौपाने अनि बहिनी हुनुहुन्छ बसुधा पोखरेल । गौरकै कानुपट्टीमा रहेको एक प्राथमिक विद्यालय पढ्नुभयो उहाँले । घरबाटै स्लेट च्यापेर जानुपथ्र्यो स्कुल । त्यसपछि गौरकै जुद्ध हाइस्कुलबाट माध्यमिक तहको शिक्षा लिनुभयो । कक्षा १ देखि १० सम्मको उहाँको नतिजा टप पोजिसनमै हुन्थ्यो ।

दसैं-तिहार-छठमा कलाकुञ्ज नामक संस्थाले विभिन्न नाटक गथ्र्यो । त्यसमा सरोज प्रायः डाक्टर, इन्जिनियरलगायतको विज्ञान र प्रविधि क्षेत्रको पात्रका रूपमा अभिनय गर्नुहुन्थ्यो रे । यसबाटै थाहा हुन्छ- उहाँको रुझान । २०३२ सालमा एलसी पास नगर्दासम्म उहाँ गाउँबाट बाहिर निस्कनुभएको थिएन । त्यति मात्र होइन, फुलपाइन्ट पनि लगाउनुभएको थिएन ।

एक दिन बुबा मंगलकुमारले भन्नुभयो- बाबु सरोज तिमी अब पढ्नलाई काठमाडौं जानुपर्छ । तयार हौ । माइला दाइ विनोद पनि काठमाडौंमै हुनुहुन्थ्यो, भूमिगत राजनीतिमा लागेका जेठा दाइ माधवसँग त कहिलेकाहीँ मात्र भेट हुन्थ्यो रे ।

धोको त उहाँलाई अस्कल या त्रिचन्द्रमा साइन्स नै पढ्ने थियो । तर, राम्रो अंक नल्याए साइन्स पढेर करिअर जम्नेवाला थिएन । माइला दाइ विनोदले पनि भन्नुभएछ- धेरैको पढाइ बिग्रिएको छ । बरु तिमी कि महाराजगन्ज गएर हेल्थ असिस्टेन्ट पढ कि पुल्चोक गएर इन्जिनियरिङ । मेडिकलमा उति रुचि नभएकाले उहाँ पुल्चोकै पढ्न थाल्नुभयो । २०३२-२०३४ सम्मको ब्याचमा एक दिन पनि बन्द-हड्ताल भएन । विद्यार्थी युनियन पनि खुला थिएनन् ।

पुल्चोक पढ्दा सरोजका साथी हुनुहुँदोरहेछ, पत्रकार विजयकुमार पाण्डे । त्यसपछि उहाँ छात्रवृत्ति पाएर रसिया जानुहुने भयो । रसियाबाट पढाइ सकेर र्फकेको एक हप्ताभित्रै उहाँले राष्ट्रिय क्षयरोग केन्द्रको कन्स्ट्रक्सनको काम पाउनुभयो । जापानी सरकारको सहयोग थियो त्यसमा । त्यसरी सडक, पुललगायतको काम गरेर उहाँको इन्जिनियरको करिअर सुरु भएको थियो । त्यसपछि लुम्बिनीमा जापानी प्रोजेक्ट सुरु भयो । जापानीसँग सरोजले के सिक्नुभयो त – उहाँ भन्नुहुन्छ- जापानीको त कार्यशैली नै गजब । खाली बस्नुहुँदैन, अधिकतम योजना बनाउनुपर्छ भन्ने उनीहरूको धारणा थियो । केही काम छैन भने कमसेकम कूचो लिएर बढार्नुपर्छ भन्ने सोच । उनीहरूको त वारि्षक योजनालाई मासिक, मासिकबाट साप्ताहिक हुँदै दैनिक योजना बनाउनुपर्छ भन्ने धारणा ।

जापानीको सङ्गतले सरोज काममा बढ्तै पिसिनुभयो । राति २ बजेसम्म काम गर्नुहुन्थ्यो रे । त्यतिबेला चिया खाएर गफ चुट्ने इन्जिनियरलाई त जापानीहरूले निकालिदिएका थिए । जापानी प्रोजेक्ट सकिने भएपछि सरोजको मन सरकारी जागिरतिर गयो । सन् १९८९ तिर हो, उहाँ खानेपानी विभागअर्न्तर्गतको काममा धनकुटा जानुभयो । एक वर्षको दौरान कान्छी छोरी पनि जन्मिसकेकी थिइन् । त्यसपछि उहाँ सरकारी जागिर राजीनामा गरेर युनाइटेड मिसन टु नेपालको काममा लाग्नुभयो । त्यसअर्न्तर्गत उहाँले सिकलेस, घान्द्रुक र खिम्ती जलविद्युत् आयोजनामा काम गर्नुभयो । त्यहाँ चार वर्ष काम गरेपछि उहाँ स्विससँग काम गर्न थाल्नुभयो । हेल्बिटासमा आबद्ध भएर झन्डै २ सय पुल बनाएको उहाँको अनुभव छ ।

सन् २००० मा सरोजको जिन्दगीले अलि फरक मोड लियो । जागिरमा हिँडेको पनि थुप्रै भइसकेको थियो । जेठी छोरी एसएलसी दिने तयारीमा थिइन् । तर, काठमाडौंमा घर थिएन । त्यसैले उहाँले हाइड्रो पावरसम्बन्धी आफ्नै संस्था खोल्नुभयो । त्यही संस्थामार्फत काम गरेर १० वर्ष बिताउनुभयो । समवयी भए पनि उहाँ आफ्ना गुरु मान्नुहुन्छ इन्जिनियर श्रीकृष्ण यादव र रमेश सापकोटालाई । उहाँहरू मिलेर श्रीकृष्ण इन्जिनियरिङको नाम बदलेर सिमेगा कन्सल्टेन्सी चलाउनुभएको थियो ।

उहाँको विचारमा नेपाली इन्जिनियर एकदमै राम्रा छन् तर व्यवस्थापन पक्षमा कमजोर छन् । यसै तथ्यलाई हृदयंगम गरेर एमबीए गरेको उहाँको भनाइ छ । अहिले उहाँ प्रधानमन्त्री माधवकुमार नेपालका प्राविधिक सल्लाहकार एवम् उच्चस्तरीय निरीक्षण तथा अनुगमन समितिको सदस्य रहेर काम गर्दै हुनुहुन्छ । कार्यान्वयन पक्ष फितलो र अनुगमनमा जान नरुचाउने प्रशासनयन्त्र नेपालको समस्या भएको उहाँको धारणा छ ।

प्रधानमन्त्री माधवकुमार नेपालका भाइ के राजनीतिमा लाग्नुहोला – सरोज भन्नुहुन्छ- सबै नीतिको माउ नीति राजनीति हो । एक्काईसौं शताब्दीमा विशेषज्ञहरूसमेत राजनीतिमा गए मात्र नीति निर्माण, योजना निर्माण र कार्यान्वयनमा पहुँच पुग्छ भन्ने मेरो मान्यता हो । राजनीतिमा उहाँको संलग्नता भने अहिले पनि छ । उहाँ नेकपा एमालेको प्राकृतिक स्रोत व्यवस्थापन विभागको सदस्यसमेत हुनुहुँदो रहेछ ।

के अब सरोज माधवकुमार नेपालको उत्तराधिकारी बन्न सक्नुहोला – पार्टीको सिपाहीका हिसाबले पार्टीले दिने जिम्मेवारी पूरा गर्दै आएको र अब पनि आवश्यकताअनुसार लाग्ने उहाँको धारणा छ । उहाँ भन्नुहुन्छ, ‘माधवकुमार नेपालको जति योग्यता त मसँग नहोला । तर, परिआएको जिम्मेवारी पूरा गर्छु’

उहाँको विचारमा सौम्य र शान्त तवरले समस्याको पहिचान गर्ने, विभिन्न सोच र विचार भएका व्यक्तिहरूलाई समेटेर लैजाने गुण छ प्रधानमन्त्री नेपालमा । साथै तीन कार्यकाल पार्टी महासचिव चलाउँदा राष्ट्रिय र अन्तर्राष्ट्रिय नेर्टवर्क बनाउनु र स्वच्छ छवि पनि उहाँका प्लस प्वाइन्ट हुन् । उहाँ भन्नुहुन्छ, ‘शाहीकालमा समेत उहाँको बद्मासी भेटिएन र राजावादीहरू थाके ।’

के माधवकुमार नेपाल सफल प्रधानमन्त्री हो – सरोज भन्नुहुन्छ, ‘यसलाई कन्टेक्स्टमा हर्ेर्नुपर्छ । २२ वटा दललाई एकै ठाउँमा राखेर नेतृत्व दिनु पनि चानचुने कुरा होइन । गठन भएकै दिनदेखि कठपुतली र तथानाम सरापेर हिँड्ने प्रतिपक्ष भएको ठाउँमा पनि उहाँ मरिमेटेर लागिरहनुभएको छ ।’ सरोजलाई मनपर्ने नेताचाहिँ मनमोहन, मदन भण्डारी र पुष्पलाल रहेछन् ।

खानामा सुख्खा रोटी र तरकारी, पहिरनमा र्सट, पाइन्ट र कोट मनपर्छ उहाँलाई । उहाँ चुरोट पिउनुहुन्न । सामाजिक हिसाबले कहिलेकाहीँ मदिरा पिउनुहुन्छ । टीभी र ल्यापटपले उहाँमा फिल्म हेर्न हल जाने बानी छुटेको छ । तर, अभिताब बच्चन, रेखा-हेमा मालिनी उहाँका जमानाका रोज्जा कलाकार हुन् । दिनको एकचोटि उहाँ मन्दिर जानुहुन्छ । उहाँलाई फूलमा सयपत्री र चमेली मनपर्छन् भने जनावरमा मयुर । शान्त ठाउँ अझ हिल स्टेसनले उहाँको ध्यान खिच्छन् । उहाँ घोडा पनि चढ्नुभएको छ । र, लड्नु पनि भएको रहेछ ।

सरोजको कोटेश्वरमा घर छ, गाडी छ, र लोकन्थलीमा जग्गा छ । वीरगन्ज र गौरमा पैतृक सम्पत्ति छ । उहाँ मोडरेट नेपालीको जीवन बिताइरहनुभएको छ । सरोजदम्पतीबीच कहिलेकाहीँ ठाकठुक पनि पर्छ रे । मायाप्रीति, झैझगडा सबैलाई सामान्य रूपमा लिनुहुन्छ उहाँ ।

सरोजको विचारमा प्रेम भावना, विचार र आकर्षणको अनुभूति हो भने सेक्स परिपक्व मानिसमा उत्पन्न हुने संवेग । २५ वर्षो सेक्स लाइफबाट सन्तुष्ट हुनुहुन्छ उहाँ । उहाँकी जेठी छोरी संस्कृताले एमबीबी गरिसकेकी छिन् भने कान्छी छोरी सम्मिता काठमाडौं कलेज अफ म्यानेजमेन्टमा अध्ययनरत छिन् । जीवन सुखी छ । परिवारमा कुनै समस्या छैन ।

प्रस्तुति : ऋषि धमला