वर्लपुलको पानी प्रशोधक यन्त्र नेपालमा

वर्लपुलको पानी प्रशोधक यन्त्र नेपालमा


वर्लपुलले एकदमै नयाँ प्रकारका वाटर प्युरिफायरहरू, युरोपेली वासिङ मेशिनहरू र फ्रिजहरू नेपालको बजारमा ल्याएको छ । संयुक्त राज्य अमेरिकाको मिसिगनमा अवस्थित वर्लपुलले नेपाली बजारमा दुइ दशकदेखि आफ्नो उपस्थिति जनाइरहेको छ । पछिल्लो समयमा आफ्नो ग्लोबल प्रोडक्ट रेन्ज मार्फत यसले आफ्नो उपस्थिति सुदृढ गरेको छ ।  नेपा हिमा प्रालि नेपालमा वर्लपुलको आधिकारिक वितरक रहेको छ । नेपालको बजारमा आफूले हासिल गरेको व्यापारिक सफलताप्रति खुशी प्रकट गर्न र बिक्रेताहरूको ब्राण्डप्रतिको प्रतिबद्धताप्रति कृतज्ञता जनाउन नेपा हिमाले एक कार्यक्रमको आयोजना गरि सो उत्पादन नेपाली बजारमा भित्राएको जनाएको छ ।

नेपा हिमाका राजेश तुलाधरले बिक्रेताहरूको दृढ सहयोग बिना नेपालमा वर्लपुलले यति सफलता पाउन नसक्ने बताए । तुलाधरले भने,‘समर्पित र प्रतिबद्ध विक्रेताहरूको संजालले यस ब्राण्डलाई नेपालको एक अग्रणी ब्राण्डको रूपमा स्थापित गरेको छ ।’  यसले हाम्रो नेपालप्रतिको बढ्दो प्रतिबद्धता प्रतिबिम्बित गरेको छ, नेपाली उपभोक्ताहरूको स्वास्थ्यप्रतिको हाम्रो प्रतिबद्धता प्रतिबिम्बित गरेको वर्लपुलका इन्द्रनिल सिन्हाले बताए ।

नयाँ मोडलमा उपलब्ध गरेको प्युराट्रोन वाटर प्युरिफायर एउटा विशिष्ट प्रविधिमा निर्माण गरिएको छ । जसले पानीमा रहेका आवश्यक पोषक तत्वहरू कायमै राखी अशुद्धताहरू हटाउँछ । सबैभन्दा महत्वपूर्ण कुरा त के भने प्रशोधनको क्रममा पानी खेर जाँदैन  उत्कृष्ट धुलाइको चाहना गर्नेहरूको आवश्यकता परिपूर्ति गर्ने उद्देश्यले वर्लपुलले सर्वोत्कृष्ट युरोपेली फ्रन्ट लोडरहरूको श्रृंखला बजारमा ल्याएको छ जसमा अत्याधुनिक प्राविधिक विशेषताहरू समाविष्ट छन् । मूल्यप्रति बढी सचेत बजारको लागि वर्लपुलले नयाँ श्रृंखलाका टप लोड वाशर्स बजारमा ल्याएको छ । यसमा ब्लुमवाश र हिटर जस्ता विशिष्ट अवयवहरू छन्, यी सबै वर्लपुलका
विशेषता रहेका छन् । उत्तर अमेरिकी, दक्षिण अमेरिकी तथा युरोपेली बजारहरूमा यसको दबदबा छ, बलियो उपस्थिति छ ।