अन्ततः भइनन् रेखा कमल थापाकी

अन्ततः भइनन् रेखा कमल थापाकी


अन्ततः रेखा थापाले कमल थापा नेतृत्वको राप्रपा छाडेकी छन् । नायिका रेखा राप्रपा परित्याग गरेर पशुपति शम्शेर राणा नेतृत्वको नयाँ पार्टीमा लागेकी हुन । रेखा थापा माओवादी परित्याग गरी कमल थापा नेतृत्वको राप्रपामा गएकी थिइन् ।

अहिले राणा पक्षमा जानुको कारणबारे उनले आफ्नो लाइन मिलेकाले आफूले राप्रपा प्रजातान्त्रिक रोजेको बताइन् । यसले कमल थापालाई धक्का दिएको छ ।

स्रोतका अनुसार, आफू राप्रपा प्रजातान्त्रिकमै रहेको आधिकारिकताको प्रमाण नेता दिपक बोहोरालाई नायिका थापाले आज बुझाएकी छन् ।