युएमको रिनिगेड ३०० सिरिजका बाइक नेपाली बजारमा

युएमको रिनिगेड ३०० सिरिजका बाइक नेपाली बजारमा


युएमको रिनिगेड ३०० सिरिजका मोटरसाइकल नेपाली बजारमा भित्रिएको छ । युएमको नेपालको लागि आधिकारीक बिक्रेता आईएमई ग्रुप अन्तर्गतको आईएमई अटोमोटिभ्स्ले उक्त मोटरसाइकल नेपाली बजारमा भित्र्याएको हो ।

भारतको उत्तराखण्ड, काशीपुरमा अवस्थित युएमको विश्वस्तरीय सुविधायुक्त फ्याक्ट्रीमा निर्मित नयाँ सिरिजका रिनिगेड ३०० सिरिजमा कमाण्डो र स्पोर्टस बाइक नेपाली बजारमा बिक्रीवितरण शुरु भएको छ । आइतबार एक कार्यक्रमबीच आईएमई ग्रुपका कार्यकारी अध्यक्ष चन्द्र प्रसाद ढकाल, आईएमई अटोमोटिभ्स्का निर्देशक सन्दिप अगरवाल र सुमन पोखरेल तथा आईएमई अटोमोटिभ्स्का प्रमुख कार्यकारी अधिकृत कपिल शिवाकोटी र यु एम इंडियाका पंकज सिंहले उक्त मोटरसाइकल नेपाली बजारमा सार्वजनिक गरेका थिए ।

उक्त मोटरसाइकलको बजार मूल्य ४ लाख ९९ हजार रुपैयाँ रहेको छ । कार्यक्रममा आईएमई अटोमोटिभ्स्का प्रमुख कार्यकारी अधिकृत कपिल शिवाकोटी युएमका प्रमुख मोडेलहरु रिनिगेड कमान्डो र रिनिगेड स्पोर्ट एस ३०० सिरिजले बाइकका पारखीलाई छुट्टै अनुभव दिनुका साथै सेवाग्राहीलाई एकै ठाउँबाट सेल्स, सर्भिस र स्पेर्यपार्ट्स उपलब्ध गराइने बताए ।