समायोजनअघि आन्तरिक व्यवस्थापन गरिने

समायोजनअघि आन्तरिक व्यवस्थापन गरिने


सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतले कर्मचारी समायोजन गर्नुभन्दा पहिले आन्तरिक व्यवस्थापन गरेर कर्मचारीलाई खटाउने तयारी भइरहेको बताएका छन ।

मन्त्रालयमा संचारकर्मीसँग कुुरा गदैँ उनले तत्कालका लागि स्थानीय तह र प्रदेशका लागि आन्तरिक व्यवस्थापन गरेर कर्मचारी खटाउने तयारी भइरहेको बताए ।

उनले भने, ‘कर्मचारी समायोजन ऐन आउन ढिला भएकोले स्थानीयस्तरमा काम गर्नका लागि विभिन्न कार्यालयका कर्मचारीलाई आन्तरिक व्यवस्थापनबाट कर्मचारी खटाइने छ ।’ उनले कहाँबाट कसरी कर्मचारी पठाउनेबारे अहिले छलफल भइरहेको जानकारी दिए ।