पुनर्निर्माण कोष गठन कहिले ?

पुनर्निर्माण कोष गठन कहिले ?


पुनः निर्माण कोष गठन गर्ने कार्य अझै अन्योलमा परेको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पुनःनिर्माण कोष व्यवस्थापन तथा सञ्चालन कार्यविधि ०७३ जारी गरेको एक वर्ष वितिसक्दा समेत कार्यान्वयनमा आउन नसकेको हो ।

प्राधिकरण कार्यकारी समितिले गत वर्ष असार २६ गते कार्यविधि जारी गरेको थियो । भूकम्प लगत्तै जारी भएको भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माणसम्बन्धी ऐन ०७२ मा पनि पुनःनिर्माण कोषको व्यवस्था थियो । यो व्यवस्थालाई सरलीकरण गर्दै कार्यविधि जारी भएको पनि एक वर्ष बितेपनि हालसम्म कोष गठन भएको छैन ।

कार्यविधिअनुसार कोष सञ्चालन भएको भए प्राधिकरणले पुनःनिर्माणको रकमप्राप्तिकालागि पटकपटक अर्थ मन्त्रालय धाउनुपर्ने थिएन । जसले गर्दा भूकम्पले भत्किएका लाखौं घर बनाउन सहज हुने प्राधिकरणका अधिकारीहरू बताउँछन् ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा डा गोविन्दाराज पोखरेलले भने,‘संसद्का विभिन्न समितिले निर्देशन दिँदा पनि पुनःनिर्माण कोष गठन नहुँदा समस्या भइरहेको छ, प्राधिकरणले केही गरेन भनेर मात्रै हुन्छ ?’