नेपाल वायुसेवाको ४० प्रतिशत उडान कटौती

नेपाल वायुसेवाको ४० प्रतिशत उडान कटौती


नेपाल वायुसेवा निगमसंग जहाज नभएका कारण नियमित गरिरहेको उडानमा ४० प्रतिशत कटौती गरेको छ । आफूसँग भएको बोइङ नियमित मर्मतका लागि सिङगापुर पठाएपछि निगमले भाडामै भएपनि जहाज लिएर तालिका अनुसारकै उडान जारी राख्ने योजना बनाएको भएपनि सो योजना अनुसार काम गर्न नगसक्दा उडान समयलाई कटौती गर्नु परेको जनाएको छ ।

निगमको योजना अनुसार भुटानबाट एउटा जहाज भाडामा लिने अन्तिम निर्णयमा पुगिसकेको थियो । तर अन्तिममा यसले मन्त्रालयबाट स्विकृति नपाएपछि सो निर्णय गरेको दाबी छ । जहाज अभावमा उडान कटौती गर्नुपरेको निगमले जनाएको छ ।  अहिले सबैतिरको उडानको फ्रिक्वेन्सी निगमले घटाएका छ । सातामा तीन ओटा उडान हुने ठाउँमा दुई अथवा एउटा मात्र उडान गरेको जनाएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले भुटानबाट भाडामा लिन लागिएको जहाज हवाई नीतिले व्यवस्था गरेको भन्दा पुरानो भएको भन्दै अन्तिम स्विकृति दिएको थिएन ।

भुटानबाट ल्याइने भनिएको उक्त जहाज १६ बर्ष ८ महिना पुरानो रहेको मन्त्रालयको भनाइ छ । हवाई नीतिमा १५ बर्षभन्दा पुरानो जहाज आयात गर्न नपाउने व्यवस्था उल्लेख भएको मन्त्रालयको जिकिर रहेकोछ । भाडाको विषयमा भने नीतिमा स्पष्ट समयावधि तोकिएको भने छैन । भाडामा जहाज ल्याउन नसकेपछि निगमले अहिले दुई ओटा एयरबसबाट मात्र उडान गरिरहेको छ । यसअघि सातामा ३७ ओटासम्म उडान हुदै आएकोमा अहिले १८ ओटासम्म उडान कटौती गर्न निगम बाध्य भएको छ ।

विमान अभाव भएपछि निगमले दोहा, क्वालालम्पुर, दिल्ली र बैंगलोरका रात्रिकालिन सबै उडान स्थगन गरेको छ । यसअघि निगमले अहिले निगमले सातामा भारतका तीन सहरसहित १७, दुबई ४, दोहा ३ बैंकक ३, मलेसिया ३ र हङकङ ४ अन्र्तराष्ट्रिय उडान गर्दै आएको थियो । निगमले गत जुलाई १४ मा नियमित मर्मतका लागि बोइङ सिङगापुर पठाएको थियो । यसको मर्मत अवधि कम्तीमा दूई महिना तोकिएको छ । निगमले दशै अघि नै बोइङ ल्याएर उडान गर्ने प्रयत्न भने गरिरहेको छ ।