सुन तस्करीमा व्यापारीदेखि प्रहरीसम्म

सुन तस्करीमा व्यापारीदेखि प्रहरीसम्म


चक्रिय व्याजदरमा ऋण लिएका अधिकाशं व्यवसायीहरु पछिल्लो समयमा सुन तस्करीमा संलग्न भएको खुलेको छ । नेपाल राष्ट्र बैंकले घरजग्गा कारोबारमा गरेको कडाई पछि घाटामा परेका व्यापारिले अबैध रुपमा सुनको आयात गरि भारत निकासी गर्न थालेदेखि यस कार्याले तीब्रता पाएको छ । केही समययता चीन, हङकङ, दुबई र मलेसियाबाट स्थल तथा हवाईमार्ग हुँदै सुन तस्करी भइरहेको प्रहरीको अनुसन्धान विवरणमा उल्लेख छ । प्रहरीले केही समययता लगातार पक्राउ गरेका सुन तस्करको बयानका आधारमा यी रुट खुलेका हुन् । झापाबाट यात्रु बसमा काठमाडौं आउँदै गरेका दोर्जे शेर्पा ७ किलो सुनसहित पक्राउ परेपछि दुवैमार्ग हुदै सुन आयात हुने गरेको प्रमाणित भएको होे ।

अनुसन्धानको विवरण अनुसार सुन तस्करीमा चल्तीको स्थल नाका सिन्धुपाल्चोकको खासा नै थियो तर सो नाका भुकम्प पछि बन्द भएका कारण अहिले सो रुटबाट कारोबार गर्ने व्यापारि रसुवा नाकाबाट कारोबार सुरु गरेका छन् । खासाबाट सुन भित्राउने क्रममा पटकपटक समातिएपछि कारोबारीले चीनसँग सीमा जोडिएका गोरखा, ताप्लेजुङ र रसुवाको रुट विकल्पका रूपमा प्रयोग गर्न थालेका हुन । हवाई रुटका लागि भने त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलको विकल्प छैन् ।

सुन तस्करीमा संलग्न :
मुरारीलाल गोयल (जमालिया)
बालकृष्ण अग्रवाल
पवन अग्रवाल
विमल पोद्धार
सत्यनारायण कुकरा (सोनी)
घनश्याम कुकरा
गोपाल कुकरा
राजेश अग्रवाल
विक्की अग्रवाल
घनश्याम अग्रवाल
ग्याम्जो लामा
मोहनकुमार अग्रवाल
सञ्जय पाण्डे
बलराम गुप्ता
ज्ञानकुमार श्रेष्ठ
मीनबहादुर गुरुङ
कन्याप्रसाद गुरुङ
विनोदकुमार सोनी
राधाकृष्ण कुकरा
कृष्णप्रसाद खड्का
सुमन अग्रवाल
प्रभु सरार्पm
उमेश साह
रामबाबु साह
रजनी साह
राजु द्वारा
घ्याम्चो लामा
शम्भु शेर्पा
टाटे माईला भन्ने नरधोव्ज श्रेष्ठ
नबिन लामा
पेम्बा दोर्जे शेर्पा
तेब्बो लामा
उपेन्द्र श्रेष्ठ

व्यवसायका लागि सुन किन्ने स्वीकृति पाएका नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल रत्न तथा आभूषण महासंघमा आबद्ध व्यवसायीहरुनै अबैधबाटो बाटोबाट आएको सुन सस्तोमा खरिद गरि मंहगोमा बिक्री गर्दै आएका छन् । ती व्यवापारिहरु बैंकले माग अनुसार सुन नदिएको भन्दै अबैध बाटोबाट आएको सुन खरिद गरि आफ्नो व्यवसाय सञ्चालन गरेको आरोप समेत प्रहरीको अनुसन्धानबाट खुलेको छ । वैध बाटोबाट आउने सुनको तुलनामा तस्करीको सुन सस्तो हुने कारण केही व्यवसायी त्यतातिर आकर्षित भई बैंकमा सुन नै खरिद गर्न नजाने गरेको खुलेको छ ।

नेपालमा सुन तस्करीको सिलसिला नयाँ भने होइन । बीचमा कहिले बन्द र कहिले खुल्दै आएकामा राष्ट्र बैंकले २०६८ मा सुन आयात तथा बिक्री कार्यविधि ल्याएर दैनिक १५ किलो सुन किन्न पाइने नीति बनाएपछि तस्करी समूह बढी सक्रिय भएका छन् । सरकारले तोकेको कोटाले बजार मागको ३० प्रतिशत पनि नधान्ने भन्दै व्यवसायी आन्दोलनमै उत्रिए । दैनिक ४५ किलो आन्तरिक माग रहेको भन्दै कोटा बढाउन दबाब दिए । त्यसपछि सरकारले ५ किलो कोटा बढाए पनि सुन अभाब देखाउनै अबैधधन्धालाई सहयोग गर्दै आए ।
नेपालमा सुन तस्करीमा तीन तहको घेरा रहेको अनुसन्धान अधिकारीले बताउदै आएका छन् । तस्करी सुनको पहिलो प्राथमिकता भारतीय बजार नै हो ।

प्रहरी अनुसन्धानमा केही मुख्य कारोबारी र सहयोगीको नाम खुले पनि उनीहरू कारबाहीको दायरामा आइसकेका छैनन् । प्रहरी अनुसन्धान प्रतिवेदन अनुसार मुरारीलाल गोयल (जमालिया), बालकृष्ण अग्रवाल, पवन अग्रवाल, विमल पोद्धार, सत्यनारायण कुकरा (सोनी), घनश्याम कुकरा, गोपाल कुकरा, राजेश अग्रवाल, विक्की अग्रवाल, घनश्याम अग्रवाल, ग्याम्जो लामा, मोहनकुमार अग्रवाल, सञ्जय पाण्डे र बलराम गुप्ता काठमाडौंमै बसेर तस्करीमा सक्रिय रहेका छन् ।  त्यस्तै, ज्ञानकुमार श्रेष्ठ, मीनबहादुर गुरुङ, कन्याप्रसाद गुरुङ, विनोदकुमार सोनी, राधाकृष्ण कुकरा, कृष्णप्रसाद खड्का, सुमन अग्रवाल, प्रभु सर्राफ, उमेश साह, रामबाबु साह, रजनी साह र राजु द्वारा वीरगन्जमा सक्रिय रहेका छन् ।

तस्करीमा सुरक्षाकर्मीसमेत संलग्न रहेको तथ्य २०६९ असोज १९ को त्रिभुवन विमानस्थल घटनाले पुष्टि गरेको छ । दुबई जाने फ्लाई दुबईको उडानबाटै १ करोड २४ लाख रुपैयाँ बराबर विभिन्न विदेशी मुद्रासहित भारतीय नागरिक विनोदकुमार सोनी विमानस्थलमा पक्राउ परे । विदेशी मुद्रा बोकेर सुन किन्न जाने क्रममा सोनी समातिएको अनुसन्धानमा खुलेको हो । उक्त घटनामा विमानस्थलको सुरक्षा जिम्मेवारीमा तत्कालिन एसएसपी रविराज श्रेष्ठको नाम जोडिएपछि प्रहरी प्रधान कार्यालयले प्रहरीको संलग्नताबारे अनुसन्धान गरेको थियो । सुन तस्करीको जालो खुलेपछि श्रेष्ठ बर्खास्तगीमा परेका थिए ।

२०६९ यता सबैभन्दा धेरै अवैध सुन उपत्यकामै बरामद भएको छ । दोस्रोमा मध्यक्षेत्र पर्छ, जहाँबाट ६० किलो अवैध सुन बरामद भएको छ । तेस्रोमा पूर्व क्षेत्रबाट १४ किलो अवैध सुन बरामद भएको प्रहरी तथ्यांक छ । पश्चिम, मध्यपश्चिम र सुदूरपश्चिममा समेत केही परिमाणमा अवैध सुन फेला परेको छ । २०७० असारदेखि २०७१ असारसम्म नेपालमा सुन तस्करीको क्रम ह्वात्तै बढेको बरामद सुन परिमाणले देखाउँछ ।

प्रहरी अधिकारीका अनुसार अहिले पनि विमानस्थलको सुरक्षा र भन्सार संयन्त्रको सेटिङ भत्किएको छैन ।
एक महिनाको अवधिमा नेपाल प्रहरीले ६० केजी अवैध सुन बरामद गरेपछि सो आरोप समेत पृष्टी भएकोे छ । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सिआईबी), अपराध महाशाखा, बालाजु वृत र रसुवा प्रहरीले उक्त परिमाणको सुन बरामद गरेको थियो । सुनसँगै भरिया मात्र पक्राउ पर्ने र अनुसन्धानको नाममा समयमात्र विताउने मुख्य अभियुक्तलाई सफाई दिने काम प्रहरीले गर्दै आएको छ भन्ने अर्काे आरोप समेत प्रहरीले पछिल्लो समय संगठित अपराधको लाग्ने गरेको छ । एक किलो सुन चीनबाट भारत पु¥याउँदा तस्करलाई ५ लाख रुपैयाँसम्म फाईदा हुने गरेको छ ।