वडामा रेणुको अग्रता, समग्रमा ज्ञवाली नै अगाडि

वडामा रेणुको अग्रता, समग्रमा ज्ञवाली नै अगाडि


भरतपुर-१९ अपडेट

मतगणना सम्पन्न २००७
जम्मा खसेको मत : २८७०

प्रमुख पदमा
एमालेका देवी ज्ञवाली : ४१६६९
माकेका रेणु दाहाल : ४१२५२
मतान्तर : ४१७

उपप्रमुख पदमा
नेकाका पार्वती शाह : ४५१४०
एमालेका दिव्या आचार्य : ३८३३८

वार्ड अध्यक्ष
काङ्ग्रेस : १०१६
एमाले : ७७९
अन्य पदमा नेकाका सबै सदस्यहरु ३५० भन्दा बढि मतले अगाडि ।

भरतपुर महानगरपालिका वडा नं १९ मा पुनः मतदानको गए रातीदेखि सुरु भएको मतगणनाको प्रारम्भिक परिणाम नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालको पक्षमा देखिएको छ । एमालेका उम्मेदवार देवी ज्ञवालीभन्दा केही मतले दाहाल अगाडि रहेकी छिन् । तर, हालसम्मको समग्र मत संख्या जोड्दा भने ज्ञवालीकै अग्रता कायम रहेको छ ।

१९ नं. वडामा गणना भएको २ हजार मत मध्ये ज्ञवालीले ६ सय ८९ र दाहालले १ हजार ५६ मत पाएकी छिन् । शुक्रबार भएको पुनःमतदानको हालसम्म गणना भएको २ हजार ७ मत समावेश गर्दा नेकपा (एमाले)का प्रमुख पदका उम्मेदवार देवी ज्ञवालीले ४१ हजार ६ सय ६९ मत पाएका छन् र नेकपा (माओवादी केन्द्र) की रेणु दाहालले ४१ हजार २ सय ५२ मत प्राप्त गरेकी छन् । यसअनुसार हालसम्मको परिणाममा भरतपुर महानगरपालिकाको मेयर पदमा ज्ञवाली अगाडि रहेका छन् । ज्ञातव्य छ, भरतपुर वडा नम्बर २० को ३ हजार ३ सय २ मत गणना गर्न बाँकी नै छ ।

सम्बन्धित निर्वाचन अधिकृतले जानकारी गराएअनुसार उपप्रमुख पदमा नेपाली कांग्रेसकी पार्वती शाहले ४४ हजार ९१५, एमालेकी दिव्या शर्मा आचार्यले ३८ हजार २१६ र राप्रपाकी रिना गुरुङले छ हजार ९८९ मत प्राप्त गरेका छन् भने राप्रपाका मेयर उम्मेदवार बद्री तिमिल्सिनाको ६ हजार ६ सय २५ मत पुगेको छ ।

तीन हजार ७९७ मतदाता रहेका वडा नम्बर १९ मा वडाध्यक्षसहित सबै नेपाली कांग्रेसका सदस्यले अग्रता कायम गरेका छन् । शुक्रबार भएको निर्वाचनमा सो वडामा दुई हजार ८ सय ७० मत खसेको थियो । यसअघि त्यहाँ दुई हजार ८ सय ९७ मत खसेको थियो । पहिलेभन्दा २७ मत कम खसेको हो ।

मतगणनाा स्थलको सुरक्षा व्यवस्था अत्यन्त कडा तुल्याइएको छ ।