भरतपुरमा शुक्रवार २७ मत कम खस्यो

भरतपुरमा शुक्रवार २७ मत कम खस्यो


भरतपुरमा शुक्रवार भएको पुनःनिर्वाचन शान्तिपुर्ण ढङ्गले सकिए लगतै यसपटक मतगणनामा निकै सावधानी अपनाइएको छ । मतगणना कार्य सिसि टिभीको निगरानी सहित तारजाली भित्र हुने भएको छ ।

निर्वाचन आयोगले जनाए अनुसार शुक्रवार भएको निर्वाचनमा बिगत भन्दा २७ मत कम खसेको छ । यसअघि २८९७ मत खसेकोमा पुनःमतदानमा २८७० मात्र मतदान भएको छ ।

गत जेठमा मतगणनाका क्रममा मतपत्र च्यातिनु अघि देवी ज्ञवालीले ४०९८० र रेणु दाहालले ४०१९६ मत ल्याएका थिए । जसमा ७८४ को मतको अन्तर रहेको छ ।

त्यस्तै भरतपुर महानगरका २९ वडा मध्ये १४ वटा वडामा एमाले, १० वटामा काङ्ग्ग्रेस र ३ वटा वडामा माओवादीले विजय हाशील गरेको छ ।

शुक्रवार भएको निर्वाचन पछि दुवै पक्षले जितको दावी गरिरहेको भएतापनि अब १९ र २० नम्बर वडाको मत गणनापछि अन्तिम परिणाम हुनेछ ।

१९ र २० नमबर वडा नेपाली काङ्गग्रेसको बलियो पकड भएको क्षेत्र मानिन्छ ।

 

योपनि पढ्नु होस् : 

तारजालीको घेरामा दलका प्रतिनिधि !

नियोकको दृष्टिमा शान्तिपूर्ण मतदान