व्यापार घाटा कम गर्न निर्यात बढाउ : मन्त्री

व्यापार घाटा कम गर्न निर्यात बढाउ : मन्त्री


उद्योगी व्यवसायीहरुले व्यापारीलाई थुनेर व्यापार व्यवसाय नचल्ने भन्दै सरकारलाई सचेत तुल्याएका छन् । नेपाल चेम्वर अफ कमर्सको एक प्रतिनिधिमण्डलले बाणिज्यमन्त्री मीनबहादुर विश्वकर्मालाई भेटी गल्ती गर्ने व्यापारीलाई मात्रै कारबाही गर्नुपर्ने माग राखेको छ । चेम्वर अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रमाणित नभइकनै उजुरीको आधारमा व्यापारीलाई थुन्ने परिपाटीको अन्त हुनुपर्ने माग राखे ।

उपभोक्ता संरक्षण सम्वन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विद्येयकको परिच्छेद ९ को कसुर र सजाय सम्वन्धी व्यवस्थाको दफा ५१ सजाय १ को ‘ग’ मा दफा ५० को खण्ड ‘च’ विपरित काम गर्ने वा गराउनेलाई १० वर्षसम्म कैद, १० वर्षसम्म जरिवाना वा दुवैको व्यवस्था भएको भन्दै त्यसलाई हटाउनुपर्ने माग उनंले राखेका छन् । अध्यक्ष श्रेष्ठले व्यापार घाटा कम गर्न निर्यातलाई वढाउने वातावरण वनाउनुपर्नेमा जोड दिए। यसका लागि निर्यात योग्य वस्तुहरुको उत्पादन र प्रबद्र्धनमा जोड दिए ।

मन्त्री विश्वकर्माले कर तिर्ने व्यापारी देशको मेरुदण्ड भएको बताउँदै व्यापारीहरुको सल्लाह अनुसार आफू अगाडि वढ्ने बताए । करदाताहरुको सुरक्षा तथा विकासको पक्षमा आफू रहेको उनले स्पष्ट पार्दै व्यापार घाटा कम गर्न निर्यातलाई वढाउन आफूले कोसिस थालेको जानकारी दिए ।  चेम्वरका वरिष्ठ उपाध्यक्ष लोकमान्य गोल्छा, दितिय उपाध्यक्ष राजेन्द्र मल्ल, महासचिव कमलेशकुमार अग्रवाल, सचिव देवेन्द्रभक्त श्रेष्ठलगायतका कार्यसमिति सदस्य तथा पदाधिकारीहरुको सहभागिता रहेको थियो ।